बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा


  • 649
    SHARES
  • https://www.indrenipost.com/posts/6786
    फागुन ८, २०८० मंगलबार
    इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

    इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् ।

    उनले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताएका हुन् ।

    रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिनु भएको छ ।

    उनले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

    अल-खाफाजी सोमबार बिहान राजधानी बगदादबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए ।

    उनलाई आइतबार साँझ घर नजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

    अल-खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीहरूको कमाण्ड गरिरहेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij