राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्धलाई निम्ताउन खोजिरहेको आरोप लगाएका छन् ।
एक सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ ।
उनले आफनो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका छन् ।
युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल संकटपछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब संकट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् ।
तर, पुटिनले त्यसको प्रतिवाद गर्ने जनाएका छन् । पुटिनले पहिले नै नेटो र रुसबीचको प्रत्यक्ष टकरावको खतराको बारेमा बोलेका थिए ।
बिहीबारको आफनो भाषणामा भने उनले आणविक युद्धको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्टमध्ये एक मानिएको छ ।
रुसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्षिया पुटिनले पश्चिमा देशले र्यसलाई कमजोर पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।