आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

प्रदेश सरकार

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने


  • 1.9K
    SHARES
  • https://www.indrenipost.com/posts/7979
    बैशाख २१, २०८१ शुक्रबार
    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएको छ ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुपर्ने भएको हो ।

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गरेको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij