आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ आत्महत्या प्रयासपछि खुल्यो घटनाको रहस्य


  • 370
    SHARES
  • https://www.indrenipost.com/posts/9701
    साउन १७, २०८२ शनिबार
    श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ आत्महत्या प्रयासपछि खुल्यो घटनाको रहस्य

    बागमती, १७ साउन – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नी ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिची हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
    प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले पक्षघातका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी श्रीमती दुर्गालक्ष्मीको घाँटी थिचेर हत्या गरेका थिए ।
    हत्या गरेपछि उनले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए तर डोरी चुडिएपछि उनी प्रहरीको सम्पर्कमा आएका थिए । प्रारम्भिक बयानमा उनले श्रीमतीको रोग, मानसिक तनाव र पारिवारिक अवस्थाका कारण आफूमाथि दबाब बढेको भन्दै हत्या गरेको बताएका छन् ।
    दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij