सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

शिक्षक आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

  • 469
    SHARES
  • https://www.indrenipost.com/posts/8643
    चैत २४, २०८१ आइतबार
    शिक्षक आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

    काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा ढिलाइ हुने भएको छ ।

    नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेसँगै एसईईको नतिजा तयारीमा थप ढिलाइ हुने भएको हो ।

    महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

    यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ । जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ ।

    २०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार ल‍ाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी छन्।

    शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन माग गर्दै देशभरका शिक्षकहरु चार दिनदेखि राजधानीमा आन्दोलन गरिरहेका छन्।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij