सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको घटना : जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्दै प्रहरी

  • 397
    SHARES
  • https://www.indrenipost.com/posts/9113
    जेठ १, २०८२ बिहीबार
    ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको घटना : जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्दै प्रहरी

    काठमाडौं । ट्राफिक प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर र प्रहरी जवानमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

    भिडिओ भाइरल भएसँगै ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र कुमार साहलाई बोलाएर सोधपुछ गरिरहेको छ भने प्रहरी जवान मदन खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरिरहेको छ।

    उनीहरू दुवै जनालाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको बताएका छन्। तर यसबारे थप सोधपुछ भइरहेको छ।

    ‘एक पक्षको मात्र कुरा सुनेर हुँदैन। दुवै पक्षबीच सोधपुछ चलिरहेको छ,’ एसपी गिरीले भने। ट्राफिक प्रहरीलाई अहिले नागढुंगाबाट कार्यालयमा राखिएको छ। अनुसन्धानपछि मात्र उनीमाथि कारबाही हुनेरनहुने थाहा हुने एसपी गिरीले जानकारी दिए।

    यता जिल्ला प्रहरी कार्यालय परिसरका एसपी अपिलराज बोहराले पनि प्रहरी जवानमाथि सोधपुछ गर्ने र तथ्यहरू संकलन गर्ने काम भइरहेको बताए। ‘यस घटनाबारे विस्तृततमा अनुसन्धान भइरहेको छ,’ उनले भने।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij