सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

निर्मला पन्त प्रकरण  पत्रकार खेम भण्डारीलाई एक महिना कैद


  • 4.0K
    SHARES
  • https://www.indrenipost.com/posts/9123
    जेठ १, २०८२ बिहीबार
    निर्मला पन्त प्रकरण  पत्रकार खेम भण्डारीलाई एक महिना कैद

    काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ। तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको हो।

    जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार यसका साथै उनलाई १० हजार जरिवाना समेत तोकिएको छ। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए।

    वि।सं।२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij