आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

माइतीघरमा अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित


  • 838
    SHARES
  • https://www.indrenipost.com/posts/9240
    जेठ ११, २०८२ आइतबार
    माइतीघरमा अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित

    काठमाडौं । काठमाडाैंको माइतीघरमा सहकारीपीडितहरूले आइतबार अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् ।

    अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यसपटक पुरुषहरू अर्धनग्न भएका हुन् । सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ । उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

    सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर, बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर, कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

    नाङ्‍गो हुनु रहर नभएर बाध्यता भएको भन्दै उनीहरूले सहकारी पीडितको माग पूरा नभए अझ नाङ्‍गो हुन तयार रहेको बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij