आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

ऐनापहरामा ‘स्काइ वाक’ सञ्चालन


  • 703
    SHARES
  • https://www.indrenipost.com/posts/9556
    साउन ३, २०८२ शनिबार
    ऐनापहरामा ‘स्काइ वाक’ सञ्चालन

    दमौली, ३ साउन । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका –२ मा रहेको ऐनापहरामा आजदेखि साहसिक पर्यटकीय गतिविधिका रुपमा ‘स्काइ वाक’ औपचारिकरुपमा सञ्चालनमा आएको छ। गाउँपालिकाले ऐनापहरालाई पर्यटन हबको रुपमा विकास गर्ने उद्देश्यसहित यो स्काइ वाक निर्माण गरेको हो।

    स्काइ वाक निर्माण कार्य गत जेठको दोस्रो हप्ताबाट सुरु गरिएको थियो। कुल रु १५ लाखको लागतमा निर्माण गरिएको स्काइ वाक ५० मिटर अग्लो र ५७ मिटर लामो छ, जसमा प्रत्येक पाइला बीच एक फिटको खाली स्थान राखिएको छ। स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको अनुभव पाइने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिएका छन । स्काइ वाक प्रवेश शुल्क प्रतिव्यक्ति रु २५० तोकिएको छ।
    गाउँपालिकाका अनुसार यो संरचना उच्च सुरक्षा मापदण्डसहित निर्माण गरिएको छ, जसले साहसिक पर्यटनप्रेमीका लागि एक नयाँ गन्तव्य थपिएको छ। पछिल्लो समय ऐनापहरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। शनिबारको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको आँबुखैरेनी – २ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए।
    ऐनापहराबाट गाउँपालिकाले हालसम्म रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ। पर्यटकीय विकासलाई गति दिन उद्यान निर्माणसहित पूर्वाधार विस्तार गरिएको छ। त्यहाँका ढुङ्गामा गणेश, आमा–शिशु, परी लगायतका आकृति कोरिएका छन्। साथै, छिम्केश्वरीको फेदीबाट बगेको सिउढी खोलाको पानी झरेर बनेको झरनाले दृश्यलाई थप आकर्षक बनाएको छ।
    स्थानीय सरकारका अनुसार ऐनापहरा झरनालाई व्यवस्थित गर्न विस्तृत गुरुयोजना तयार पारिएको छ। योजना अनुसार बुद्धको मूर्ति, रेलिङ, पार्किङजस्ता संरचना बनाउन रु १० करोडको लागत लाग्ने अनुमान गरिएको छ।

     

     

     

     

    ब्कप ऋजबतन्एत्

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij