आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

बजेट कार्यान्वयनमा बारे मन्त्रालयगत छलफल सुरु, रोजगारी र औद्योगिक विकास प्राथमिकतामा


  • 208
    SHARES
  • https://www.indrenipost.com/posts/9713
    साउन १८, २०८२ आइतबार
    बजेट कार्यान्वयनमा बारे मन्त्रालयगत छलफल सुरु, रोजगारी र औद्योगिक विकास प्राथमिकतामा

    काठमाडौँ, १८ साउन । चालु आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आजदेखि मन्त्रालयगत छलफल सुरु गरेको छ । पहिलो चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ ।
    छलफलमा बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारीबारे केन्द्रित बहस भएको थियो । उद्योग मन्त्रालयको बजेटमा परम्परागत सीप र पेशाको संरक्षण, रोजगारी सिर्जना, आधुनिक प्रविधि हस्तान्तरण, तालिम, र उत्पादनलाई बजारसँग जोड्ने योजना उल्लेख छ ।
    त्यस्तै, काठमाडौं उपत्यकाबाट प्रदूषण न्यूनीकरणका लागि उद्योग स्थानान्तरण गरी बाहिरी औद्योगिक क्षेत्रमा पु(याउने र स्थानान्तरण उद्योगलाई विशेष सहुलियत दिने प्रस्ताव छलफलको केन्द्रमा रह्यो ।
    नेपालमा अन्तरराष्ट्रिय मान्यताप्राप्त गुणस्तर प्रयोगशाला स्थापनासम्बन्धी योजना, साथै मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र विकासबारे पनि बैठकमा छलफल भएको छ ।
    बैठकमा अर्थमन्त्री पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा.रामप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
    अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सुनिश्चित गर्न सबै विषयगत मन्त्रालय र विभागहरूसँग क्रमशः छलफल गर्ने तयारी गरेको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij