सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

प्रतिनिधिसभाबाट दुई विधेयक सैद्धान्तिक रूपमा स्वीकृत


  • 1.0K
    SHARES
  • https://www.indrenipost.com/posts/9609
    साउन ८, २०८२ बिहीबार
    प्रतिनिधिसभाबाट दुई विधेयक सैद्धान्तिक रूपमा स्वीकृत

    काठमाडौँ, ८ साउन – प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले प्रस्ताव प्रस्तुत गरेका थिए ।
    विधेयकसम्बन्धी सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री सुडीले मानव बेचबिखन जस्तो गम्भीर विषयमा सुधार आवश्यक रहेको उल्लेख गरे। उनले विधेयक महत्वपूर्ण रहेको र आवश्यक सुझाव समेट्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
    विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्दै सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी चौधरी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी थिए ।
    यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको भूमिसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ु लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
    बैठकको प्रारम्भमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
    प्रतिनिधिसभाको अर्को बैठक साउन ९ गते, शुक्रबार दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij