सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता


  • 730
    SHARES
  • https://www.indrenipost.com/posts/9641
    साउन १२, २०८२ सोमबार
    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता

    रसुवा, १२ साउन – पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय र सुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन् । उनीहरू गहिरो स्थानमा स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुन सक्ने आशंका गरिएको छ ।
    घटनापछि बेपत्ता तीर्थालुहरूको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा सुरक्षाकर्मीहरूको टोली आइतबार नै गोसाइँकुण्ड पठाइएको प्रहरीले जनाएको छ ।
    गोसाइँकुण्ड श्रावण पूर्णिमाका अवसरमा विशेष भीड लाग्ने धार्मिक स्थल हो, जहाँ प्रत्येक वर्ष हजारौं भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij