सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना


  • 496
    SHARES
  • https://www.indrenipost.com/posts/9650
    साउन १३, २०८२ मंगलबार
    कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, १३ साउन – हाल देशभर सक्रिय मनसुनी प्रणालीको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ, जसको कारण देशका विभिन्न भागमा बदली र वर्षाको अवस्था देखिएको छ  ।
    आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
    आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी तराई भू–भागहरूमा आंशिक बदली रहनेछ । रातको समयमा पनि केही पहाडी क्षेत्रहरू र तराईका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
    महाशाखाले सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै पहिरो, बाढी र यातायातमा अवरोध हुनसक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij