सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

आज पाँच संसदीय समितिको बैठक, विविध विधेयकमाथि छलफलको तयारी


  • 667
    SHARES
  • https://www.indrenipost.com/posts/9651
    साउन १३, २०८२ मंगलबार
    आज पाँच संसदीय समितिको बैठक, विविध विधेयकमाथि छलफलको तयारी

    काठमाडौँ, १३ साउन – सङ्घीय संसद् अन्तर्गत रहेका पाँच संसदीय समितिको आज बैठक बस्दैछ । सार्वजनिक भएको कार्यतालिकाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकहरू आज तय भएका हुन् ।
    अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा परेका संशोधनबारे संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका विषयमा सांसदहरूसँग छलफल हुनेछ ।
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ सम्बन्धमा सरोकारवालासँग राय–सुझाव लिने तयारी गरिएको छ। सार्वजनिक लेखा समितिले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको उपस्थिति रहने गरी सरकारका सबै सचिवहरूसँग अर्थसम्बन्धी विविध विषयमा छलफल गर्ने कार्यसूची तय गरेको छ ।
    त्यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१’ को दफावार छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल हुने कार्यसूची रहेको छ ।
    यी सबै बैठकहरूबाट महत्वपूर्ण विधेयक र नीतिगत विषयमा सार्थक छलफल हुने अपेक्षा गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij