काठमाडौँ, १३ साउन — पाटेबाघको संरक्षण र जनचेतनाका लागि हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनपछि दिवस मनाउन थालिएको हो ।
नेपालमा पछिल्लो बाघ गणनाअनुसार बाघको सङ्ख्या ३५५ पुगेको छ। वातावरणविद्हरूका अनुसार नेपालको वनक्षेत्रले चार सय हाराहारीको बाघ ‘धान्ने क्षमता’ राख्दछ। हाल बाघको बासस्थान, मानव–बाघ द्वन्द्व र आहारा व्यवस्थापन चुनौती बनेका छन् ।
बाघको स्थायित्वका लागि संरक्षणको गुणस्तर, घाँसे मैदान र पानी स्रोत विस्तार गर्न विज्ञहरूको जोड छ। सन् २०१० मा १२१ बाघ रहेका नेपालले सन् २०२२ मा लक्ष्यभन्दा झण्डै तेब्बर प्रगति गर्दै ३५५ बाघ पुर्याएको छ ।
हाल देशभर १८ समस्याग्रस्त बाघ खोरमा राखिएको छ। मानव–बाघ सहअस्तित्वका कार्यक्रम आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्