बागमती, १३ साउनः बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज पदबाट आकस्मिक रूपमा राजीनामा दिएका छन । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई उनले औपचारिक रूपमा राजीनामा बुझाएका हुन ।
कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका संवेदनशील घडीमा मन्त्री खड्काको राजीनामालाई राजनीतिक रुपमा निकै अर्थपूर्ण कदमको रूपमा हेरिएको छ ।
यस अघि गत शुक्रबार कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्री—आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सामूहिक रूपमा राजीनामा दिएका थिए । तत्कालीन प्रतिक्रिया स्वरूप मुख्यमन्त्री लामाले ती सबै मन्त्रीलाई पदमुक्त गरेका थिए ।
राजीनामाको यो लहरले बागमती प्रदेश सरकार भित्रको सत्तासंघर्ष थप चर्किएको संकेत देखिएको छ ।