आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ गोलभेँडा देखि किवीसम्मको मूल्य सार्वजनिक


  • 595
    SHARES
  • https://www.indrenipost.com/posts/9682
    साउन १५, २०८२ बिहीबार
    आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ गोलभेँडा देखि किवीसम्मको मूल्य सार्वजनिक

    काठमाडौँ, १५ साउन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । उपत्यकामा दैनिक उपभोग हुने सयौँ प्रकारका तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
    प्रमुख तरकारीहरूको थोक मूल्य
    गोलभेँडा ठूलो नेपाली – रु ६० किलो, गोलभेँडा सानो लोकल – रु ३० किलो, गोलभेँडा टनेल – रु ४० किलो, आलु रातो नेपाली – रु ४६ किलो, आलु भारतीय० – रु ३० किलो, प्याज भारतीय सुकेको – रु ३८ किलो, काउली स्थानीय – रु ७० किलो, बन्दा लोकल – रु ३२ किलो, भण्टा डल्लो – रु ३५ किलो, भिण्डी – रु ५० किलो, फर्सी हरियो डल्लो – रु ३५ किलो रहेको छ ।
    विशेष सब्जी तथा साग, पालुङ्गो साग – रु ५५ किलो, तोरीको साग – रु ५० किलो, सलगम – रु ७० किलो, ब्रोकाउली – रु १६० किलो, जिरी साग – रु १०० किलो, कुरिलो – रु ३०० किलो, गुन्द्रुक – रु ३५० किलो रहेको छ ।
    फलफूलको थोक मूल्य
    स्याउ झोले – रु २५० किलो, स्याउ फुजी – रु ३५० किलो, केरा दर्जन – रु १४० आँप माल्दह, दशहरी – रु १८५ किलो, अनार – रु ३५० किलो, नास्पाती लोकल – रु ६० किलो, किवी – रु ७०० किलो, आभोकाडो – रु ६५० किलो, लप्सी – रु ४५ किलो रहेको छ ।
     मसला र अन्य उपज
    अदुवा – रु ९० किलो, लसुन चाइनिज – रु २०० किलो, हरियो धनियाँ – रु ४०० किलो, खुर्सानी अकबरे – रु २०० किलो, छ्यापी हरियो – रु २०० किलो, ताजा माछा रहु – रु ३३० किलो, राजा च्याउ – रु ३०० किलो, सिताके च्याउ – रु १००० किलो रहेको छ ।
    बजार विकास समितिका अनुसार मूल्यमा दैनिक माग–आपूर्ति, मौसमी उत्पादन र आयातको आधारमा हेरफेर हुने गर्दछ । उपभोक्ताहरूलाई ताजा तथा उचित मूल्यमा कृषि उपज उपलब्ध गराउने उद्देश्यले दैनिक मूल्य निर्धारण सार्वजनिक गरिँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij