बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

प्रतिनिधिसभा बैठक आज दिउँसो, भन्सार र औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमाथि छलफल हुने


  • 217
    SHARES
  • https://www.indrenipost.com/posts/9753
    साउन २१, २०८२ बुधबार
    प्रतिनिधिसभा बैठक आज दिउँसो, भन्सार र औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमाथि छलफल हुने

    काठमाडौँ, २१ साउन – सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
    त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट गरिएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने छन् ।
    आजै संसदका चार समितिका बैठकहरू पनि बस्नेछन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘लुम्बिनी विकास कोष’को वर्तमान अवस्था, प्रगति र चुनौतीबारे छलफल हुनेछ ।
    त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का विषयमा दफावार छलफल गरिनेछ ।
    विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ का सम्बन्धमा छलफल हुनेछ ।
    बैठकमा प्रस्तुत हुने विधेयक र समितिहरूको छलफलले आगामी कानुनी सुधार र नीतिगत निर्णयमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij