सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना, १३ जनाको मृत्यु


  • 910
    SHARES
  • https://www.indrenipost.com/posts/1414
    कात्तिक ८, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशको विभिन्न प्रयोगशालामा भएको १० हजार ८ सय ६४ नमूना परीक्षणका क्रममा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार सो अविधमा देशभर १३ जनाको कोरोनाका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण ११ हजार ३६१ जनाको मृत्यु भएको छ ।

    यस्तै १० हजार ३६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij