सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

आज बस्दैछ प्रतिनिधिसभा बैठक, महत्वपूर्ण विधेयकमाथि छलफलको तयारी


  • 199
    SHARES
  • https://www.indrenipost.com/posts/9725
    साउन १९, २०८२ सोमबार
    आज बस्दैछ प्रतिनिधिसभा बैठक, महत्वपूर्ण विधेयकमाथि छलफलको तयारी

    काठमाडौँ, १९ साउन – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ ।
    आजको बैठकमा सबैभन्दा पहिला सङ्घीय संसद्‌का महासचिवले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।
    त्यसपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२ मा समावेश सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
    त्यस्तै, युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
    साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेस गर्ने कार्यक्रम छ ।
    प्रतिनिधिसभाको आजको बैठकमा उठ्ने मुद्दाहरू संसद्को नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij