काठमाडौं । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २२७ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १८५ जना रहेका छन् । यसैगरी भक्तपुरमा ९ र ललितपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।