स्व–गति (Self-Motion) – गति, जसको स्रोत तथा कारण स्वयं गतिशील वस्तुमा निहित हुन्छन् । स्व–गतिको सिद्धान्त प्रकृतिमा परिवर्तनको एकमात्र कारणको रुपमा बाह्य संवेगको सिद्धान्तको विपरीत छ । दर्शनको इतिहासमा स्व–गतिको प्रवर्गको मूल तथा विकास पहिलो, जगतको आरम्भ, जगतका प्रक्रियाहरुको आदिम कारणसम्बन्धी प्रश्नसँग र दोस्रो, विकासका वास्तविक प्रक्रियाहरुको स्पष्टीकरण गर्ने समस्याहरुसँग जोडिएका थिए ।
प्राचीन भौतिकवादीहरुले स्वयं प्रकृतिमा अन्तर्निहित शक्तिहरु तथा गुणहरुबाट – आदिम तत्वहरुको संयोजन तथा विभाजन (आयोनेली दर्शन), प्रेम र घृणा (एम्पीडोक्लिज), परमाणुहरु तथा शून्य (ल्यूसिपस, डेमोक्रिटस) बाट – गतिको स्पष्टीकरण गर्ने प्रयास गरे । मूलको रुपमा अलौकिक वैचारिक तत्वबाट परिवर्तनहरुको निगमन आदर्शवादी प्रणालीहरुको विशेषता थियो (प्लेटो) । गतिको कारणलाई जान्ने समस्याले जगतको सृष्टिका ईसाई धर्म–सिद्धान्तहरुको उत्पत्तिपछि विशेष तीक्ष्ण रुप ग्रहण ग¥यो । जगतको स्व–गतिलाई सिद्ध गर्नको लागि स्वयं त्यसभित्र त्यसको गतिको स्रोत तथा क्रियाविधिलाई उद्घाटित गर्नु आवश्यक थियो, तर धर्मशास्त्रले यो स्रोतलाई त्यसभन्दा बाहिर राख्यो (ईश्वरको कार्य) । परिवर्तनहरुको यान्त्रिक अवधारणा सैद्धान्तिक रुपले अमान्य छ, किनभने त्यो आद्य–संवेगको विचारको विरुद्धमा उभिन सक्दैन (न्यूटनको यान्त्रिकविज्ञान) र विकासका वास्तविक प्रक्रियाहरुको स्पष्टीकरण गर्नमा असमर्थ छ ।
स्व–गतिको विज्ञानसम्मत स्पष्टीकरणको लागि चिन्तनको विधिमा आमूल परिवर्तन आवश्यक थियो ः द्वन्द्ववादले भौतिकवादको साहयताको लागि अगाडि बढ्नुप¥यो । स्वकारणको स्पिनोजाको विचार, स्व–गतिशील र स्व–निर्धारक तत्वको रुपमा चिदणुको लिब्निजको सिद्धान्त, आकाश, पृथ्वी तथा मानिसको विकासको कांटको विचार, शेलिंगको दर्शनमा विकासक्रमको विचार, अन्ततः हेगेलको आदर्शवादी–द्वन्द्ववाद – यी सबै स्व–गतिको सिद्धान्तको विकासमा अलग–अलग कडीहरु थिए । स्व–गतिप्रति भौतिकवादी दृष्टिकोणको पक्षपोषण गरेर माक्र्सवादी दर्शनले यो प्रवर्गको द्वन्द्वात्मक अन्तर्वस्तुमाथि, विकासको अधिभूतवादी तथा क्रमविकासवादी धारणा (सरल कमी, वृद्धि, पुनरावृत्ति) सँग यसको कुनै संगति नहुने कुरामाथि तथा विपरीतहरुको एकता तथा संघर्षको रुपमा विकासको द्वन्द्वात्मक सिद्धान्तसँग यसको अविभाज्य सम्बन्धमाथि जोड दिन्छ ।
स्वचालीकरण (Automation) – प्राविधिक विकासको सबभन्दा उच्च चरण, जसको विशेषता हो उत्पादनसम्बन्धी, प्रबन्धसम्बन्धी तथा सामाजिक दृष्टिले आवश्यक अन्य प्रक्रियाहरु मानिसको प्रत्यक्ष सहभागिताबिना सम्पन्न हुनु । स्वचालीकरण यन्त्रहरुका स्वचालित प्रणालीहरु (२०औं शताब्दीको तेस्रो दशकमा), स्वचालित खाताहरु र कारखानाहरुको उत्पत्तिसँग, आधुनिक कम्प्यूटर तथा नियन्त्रक यन्त्रहरुको उपयोगसँग २०औं शताब्दीको छैठौं दशकदेखि) सम्बन्धित छ ।
स्वचालीकरणले मानिसको सहभागितालाई पूर्ण रुपले वर्जित गर्दैन, जसले यन्त्रहरुको कार्य (समायोजन, क्रमनिर्धारण, कच्चा पदार्थको आपूर्ति, मर्मत) नियन्त्रित तथा सामान्य रुपमा निर्देशित गर्दछ, यद्यपि स्वचालीकरण जति बढी मात्रामा विकसित हुँदै जानेछ, यन्त्रहरुले त्यति नै बढी मात्रामा ती कार्यहरु स्वयं गर्न लाग्नेछन् । स्वचालीकरणले श्रम–उत्पादकत्वलाई माथि उठाउने, उत्पादन बढाउने, लागत घटाउने र गुणवत्ता सुधार्ने संभावना उत्पन्न गर्दछ । विभिन्न प्रक्रियाहरुमाथि (परमाणु शक्ति इन्जिनियरिंग, अन्तरीक्ष अनुसन्धान, आदिमा) नियन्त्रण केवल स्वचालीकरणबाट मात्र संभव छ । उत्पादनको व्यापक स्वचालीकरणका महत्वपूर्ण आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिणाम निस्किन्छन् । तिनीहरुको सार त्यो सामाजिक प्रणाालीद्वारा निर्धारित हुन्छ, जसका अवस्थाहरुमा स्वचालीकरणलाई मूर्त रुप दिइन्छ ।
पूँजीवादअन्तर्गत स्वचालीकरणको परिणाम हुन्छ व्यापक बेरोजगारी, मजदूरहरुको कम दक्षता भएका तथा कम ज्याला भएका कामहरुतिर स्थानान्तरण; स्वचालीकरणले आर्थिक मन्दी तथा संकटहरुलाई धेरै बढाउँदछ तथा बुर्जुवा समाजका अन्तर्विरोधहरुलाई तीक्ष्ण बनाउँदछ । समाजवाद तथा साम्यवादअन्तर्गत यसले मानिसको श्रमलाई हल्का बनाउँदछ, उपभोग्य वस्तुको प्रचुरता उपलब्ध गर्दछ र त्यसको फलस्वरुप जीवनको भौतिक तथा सांस्कृतिक स्तर माथि उठ्दै जान्छ र श्रम मानिसको लागि पहिलो जीवन्त आवश्यकता बन्दै जान्छ । उत्पादन–प्रक्रियाहरुको स्वचालीकरण साम्यवादका भौतिक र प्राविधिक आधारको निर्माणको आवश्यक शर्त हो ।
स्वचालित यंत्र – मानिसको प्रत्यक्ष सहभागिताबिना कुनै प्रक्रिया, कार्य वा क्रिया (उदाहरणको लागि, कुनै प्राविधिक प्रक्रिया, उत्पादन–नियन्त्रण, आदि) लाई सम्पन्न गर्ने कुनै प्राविधिक युक्ति । अत्यन्त सरल स्वचालित यन्त्र प्राचीन कालमा पनि ज्ञात थिए । स्वचालित यान्त्रिक औजारहरुको १९औं तथा २० औं शताब्दीमा व्यापक प्रसार भयो । पछिल्ला दशकहरुको अवधिमा यस्ता स्वचालित यन्त्रको विकास भयो, जसमा प्रतिप्रभावहरुको उपयोग गरिन्छ तथा जसमा त्यो प्रक्रियालाई कायम राख्ने क्षमता हुन्छ, जसको अपेक्षा बदलिंदा अवस्थाहरुअन्तर्गत गरिन्छ । साइबरनेटिक्स तथा इलेक्ट्रोनिक कम्प्यूटर यन्त्रहरुको विकासको फलस्वरुप यस्ता स्वचालित यन्त्रहरुको उत्पादन भएको छ, जसले कुनै प्रक्रियालाई उपयुक्त अवस्थाहरुमा राख्दछन् ।
आधुनिक स्वचालित यन्त्रको विकासले यो बताउँदछ कि तिनीहरु मानिसको केवल मांशपेशीय शक्तिको स्थान लिनमा मात्र सक्षम छैनन्, बरु तिनीहरुले यस्ता विभिन्न कार्यहरु सम्हाल्न सक्दछन्, जसलाई सामान्यतया मानिसको मस्तिष्कले पूरा गर्दछ ः तिनीहरुले क्रियाकलापको क्रम तथा दिशाको छनौट गर्न सक्दछन्, जटिल परिकलन गर्न तथा तार्किक निष्कर्ष निकाल्न सक्दछन्, सूचनालाई स्मृत्तिमा राख्न सक्दछन्, अनुभव एकत्रित गर्न सक्दछन्, सिक्न सक्दछन्, आदि ।
यसबाट मानसिक श्रमका केही पक्षहरु तथा प्रक्रियाहरुको स्वचालीकरणका व्यापक संभावनाहरुका ढोका खुल्दछन् । मूर्त स्वचालित यंत्रका प्राविधिक विशेषताहरुबाट अमूर्तकरणले तथाकथित अमूर्त स्वचालित यंत्रको अवधारणातिर लैजान्छ । अमूर्त स्वचालित यन्त्रको सिद्धान्तले, जसको रचना साइबरनेटिक्स र गणितीय तर्कशास्त्रको संधिस्थलमा भएको थियो, यस्ता आदर्शकृत युक्तिहरुको अध्यय गर्दछ, जसमा कैयौंं आगत सूचनाहरुलाई एकसाथ प्रवेश गराउन सकिन्छ र कैयौं प्रशोधित सूचनाहरु एकसाथ निष्कासित हुन्छन् । प्रशोधित सूचनाहरु अमूर्त स्वचालित यन्त्रको अवस्थामा निर्भर हुन्छन् । वास्तविक स्वचालित यंत्रको जस्तै अमूर्त स्वचालित यंत्रमा पनि सीमित स्मृतिहरु हुन्छन् । अगाडिको अमूर्तकरण सीमित स्मृतिले युक्त स्वचालित यन्त्रबाट असीमित स्मृत्तिले युक्त स्वचालित यंत्रमा संक्रमण हो; यसको उदाहरण हो ट्यूरिंग यन्त्रको अवधारणा, जसले आधुनिक तर्कशास्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।