चीनले यतिवेला कोरोना भाइरसको चुनौतिसँग सामना गरिरहेको छ । चीनको प्रगति भएको हेर्न मन नपराउने एन्टिसोसलिष्ट पोलका शक्तिराष्ट्रहरुले कोरोना भाइरसलाई प्रचारको हतियार बनाएर कमजोर बनाउने दुष्प्रयत्न गरे । तर चीन कमजोर छैन् । चीन सोभियतसंघको विघटनपछि विश्वशक्तिको रुपमा उदाउँदै गरेको देश हो । चीन विश्वकै शक्तिशाली देश बन्दै गर्दा थुप्रै असाधारण उपलब्धिहरु साहिल गरेको छ । चीनको यस्ता अदभुद प्रगति एन्टिसोसलिष्ट ध्रुवका शक्तिराष्ट्रहरुलाई टाउको दुखाइको विषय बनेको छ । हामी यस आलेखमा चीनले छाटो समयमा रेल्वेको क्षेत्रमा गरेको प्रगति निकै अदभुत छ ।
सन् २००४ सम्म चीनमा कुनै उच्च गतियुक्त रेल्वे ट्रयाक थिएनन् । चीनले सन् २०१० सम्ममा निकै अद्भुत ढंगबाट रेलमार्गको विकास ग¥यो । सन् २०१० सम्ममा चीनको उच्च गतियुक्त रेलमार्ग युरोपको भन्दा बढि थियो भने सन् २०१२ देखि सबै देशहरूको कुल रेल्वे ट्रयाकभन्दा ज्यादा भएको छ ।
समृद्धिका लागि नभै नहुने पूर्वाधार हो– यातायात । वस्तु तथा सेवाको उत्पादन गरेर मात्र हुँदैन, त्यसलाई लक्षित उपभोक्तासम्म छिटो र भरपर्दाे रूपमा उपभोक्तासम्म पु¥याउन यातायात अनिवार्य हुन्छ । विश्व बजारमा छोटो समयमा चिनले आफूलाई सबैभन्दा धेरै औद्योगिक वस्तु उत्पादन तथा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न सफल हुनुको पछाडि यस्ता धेरै पक्षहरूले भूमिका खेलेका छन् । चिनले हरेक प्राविधिक क्षेत्रमा विश्वलाई उछिन्दै गएको छ । केहि समय अगाडि मात्रै चिनले ह्याकरहित सञ्चार प्रविधिको विकासका लागि विश्वकै पहिलो ‘क्वाण्टम सञ्चार स्याटलाइट’ प्रक्षेपण गरेको थियो । हालसालै चीनले लङ मार्च ५ नामक रकेटसमेत सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अहिलेसम्म चीनले विश्वकै सबै राष्ट्रहरूको उच्च गतियुक्त रेलमार्गहरूको कुल लम्बाइभन्दा ज्यादा उच्च गतियुक्त रेल सञ्जालको विकास गरिसकेको छ ।
चीनका ३३ मध्ये २८ प्रान्तमा उच्च गतियुक्त रेल्वे विस्तार भएको छ । सेप्टेम्बर २८, २०१६ सम्ममा उच्च गतियुक्त रेल्वेको दुरी २० हजारभन्दा माथि पुगेको छ, जुन विश्वकै सबैभन्दा लामो उच्च गतियुक्त रेल्वे सञ्जाल हो ।
यसका साथै सन् २०२५ सम्ममा उच्च गतियुक्त रेल्वे सेवा ३८ हजार किलोमिटर पु¥याउने चीनको योजना रहेको छ । चीनको सम्पूर्ण उच्च गतियुक्त रेलमार्गहरू ‘चाइना रेल्वे कर्पोरेशन’को सरकारी स्वामित्वमा सञ्चालित छ ।
साधारण रेलमार्ग तथा उच्च गतियुक्त रेलमार्गहरूको विकास तथा विस्तार सँगसँगै चीनले विश्वकै सबैभन्दा उच्च गतिमा व्यावसायिक रुपमा चल्ने ‘सांघाई म्याग्लेभ ट्रेन’ जनवरी १, २००४ बाट सांघाईदेखि सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालनमा ल्याएको छ ।
उक्त म्याग्लेभ लाइनको लम्बाई ३०.५ किलोमिटर वा १९ माइल रहेको छ, जुन केबल ७.५ मिनेटमा उच्च गतियुक्त म्याग्लेभ टे«नमार्फत यात्रा गर्न सकिन्छ । उक्त म्याग्लेभ लाइनको निर्माणको सुरुवात मार्च १, २००१ बाट भएको हो । उक्त म्याग्लेभ लाइन चुम्बकीय शक्तिद्धारा नियन्त्रित भई चल्दछ ।
व्यावसायिक सञ्चालनमा नरहेको जापानको म्याग्लेभ प्यासेन्जर ट्रेनको गति ६०३ किलोमिटर प्रतिघण्टा रहे तापनि यसलाई विश्वको सबैभन्दा उच्च गतियुक्त टे«नको रुपमा लिइँदैन किनकि यो प्रोटोटाइपको रुपमा मात्र रहेको छ ।
सांघाई म्याग्लेभ ट्रेनको अधिकतम व्यावसायिक सञ्चालन गति ४३१ किलोमिटर प्रतिघण्टा अर्थात् २६८ माइल प्रति घण्टा हो भने गैर व्यावसायिक सञ्चालन गति ५०१ किलोमिटर प्रतिघण्टा अर्थात् ३११ माइल प्रतिघण्टा रहेको छ ।
सांघाई म्याग्लेभको लम्बाई १५३ मिटर (५०२ फिट), चौडाई ३.७ मिटर (१२ फिट) र उचाइ ४.२ मिटर (१४ फिट) रहेको छ र यसमा कुल ५३४ जना यात्रुहरू सवार हुन सक्छन् ।
उच्च गतियुक्त रेल सञ्जाल चीनको निकै खर्चिलो पूर्वाधार विकाससम्बन्धी परियोजना हो र दीर्घकालीन महत्वाकांक्षाको सुचक हो । उच्च गतिको रेलमार्ग विकासले २००९ को विश्व वित्तिय संकट तथा आर्थिक मन्दीको प्रभावबाट चीनलाई बचाएको थियो ।
निर्यातमुखी आर्थिक वृद्धिको रणनीति अपनाइरहेको चीनले सन् २००८–००९ को विश्व आर्थिक मन्दीको नकारात्मक प्रभावलाई हल गर्न पूर्वी चीनका भागहरुलाई पश्चिमी क्षेत्रसँग जोड्न दु्रततर गतिको रेल्वे, सुरुङ्ग मार्ग, पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्गहरुले जोड्ने काम ग¥यो ।
चिनले विश्व आर्थिक मन्दिबाट के कुरा बुझ्यो भने आफ्नै देशको सबै क्षेत्रलाई क्रय क्षमतामा वृद्धि नगर्ने हो भने आर्थिक मन्दिको खतराबाट जोगिन सकिँदैन । अहिले चिनले उच्च गतियुक्त रेल्वे सेवाको विकास गरेर आफ्नै देशको विकास नभएका क्षेत्रहरुलाई विकसित बनाएका छन् र आन्तरिक बजारको व्यापक विस्तार गरेका छन् । त्यति मात्रै होइन चिनले ‘वेल्ट एण्ड रोड इनिसियटिभ’ योजना अन्तर्गत आफ्ना छिमेकी देशहरुको बजार र स्रोतसाधनलाई जोड्न पनि रेल्वेको विस्तार गरिरहेका छन् ।
चीनले पहाडी भेगमा रेल्वे पुर्याउन रेल्वेब्रीजको विकास गरिरहेको छ । रेल्वेब्रीजहरु निकै अदभुत देखिन्छन् । चीनको उच्च(गति रेलवे ९ज्क्च्० निर्माण उद्योगले विगत दशकहरूमा अवसरहरूको सुनौलो अवधिको अनुभव गरिरहेको छ। कृषि योग्य भूमिहरूको रक्षाको आवश्यकता र द्रुत निर्माणको फाइदाका कारण पुलहरू ९एलिभेटेड संरचनाहरू० मुख्यतया चीनको एचएसआरमा प्रयोग गरिन्छ, जुन महत्वपूर्ण सानो बस्ती आवश्यकता पूरा गर्नुपर्दछ।
एचएसआरको ईन्जिनियरि अभ्यासको आधारमा, चीनमा एचएसआर पुलहरूको मुख्य उपलब्धिहरू र मुख्य प्रविधिहरू प्रदान गरिन्छ । चीनले रेल्वे क्षेत्रमा गरिरहेको प्रगतिबारे अर्को लेखमा थप नयाँ जानकारीहरु गराइने छ । रेल्वेको क्षेत्रमा मात्र होइन, विज्ञानप्रविधिमा चीनले गरेको लोभलाग्दो प्रगतिबारे पनि हामी जानकारी गराउने छौं ।