आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

प्रदेश सरकार

मधेस प्रदेशमा फेरि मन्त्रिपरिषद् पुनर्गठन, कुन दलबाट को-को मन्त्री बने ? [दल र नामावलीसहित]


  • 1.1K
    SHARES
  • https://www.indrenipost.com/posts/7372
    चैत १०, २०८० शनिबार
    मधेस प्रदेशमा फेरि मन्त्रिपरिषद् पुनर्गठन, कुन दलबाट को-को मन्त्री बने ? [दल र नामावलीसहित]

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट तीन मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।

    नवनियुक्त मन्त्रीहरूलाई शनिबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराइन् । नवनियुक्त तीनै मन्त्री र एक राज्यमन्त्रीलाई शपथग्रहण गराइएको हो ।

    मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैँसँगै राखेका छन् । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा यसअघि चैत ५ गते एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij