सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

लगातार घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक


  • 334
    SHARES
  • https://www.indrenipost.com/posts/8224
    फागुन २२, २०८१ बिहीबार
    लगातार घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

    काठमाडौं । अमेरिकी डलरको भाउ पछिल्ला केही दिन लगातार घटेको छ । १४० भन्दा माथी पुगेको युरोको खरिद(बिक्री मूल्य घटेर १३८ मा पुगेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।  बुधबार अमेरिकी डलरको खरिद मूल्य १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको थियो ।


    अमेरिकी डलरको भाउ लगातार घट्दा आज युरोपियन युरो भने बढेको छ । युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । बुधबार १४६ रुपैयाँ ५५ पैसा खरिददर र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा रहेको थियो ।

    यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ नौ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा, साउथकोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्विडिसक्रोनर एकको खरिददर १३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेतीदिनार एकको खरिददर ४४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९१ पैसा, बहराइनदिनार एकको खरिददर ३६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij