सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

माछापुच्छ्रे बैंकका ग्राहकले एप्पलका सामान खरिदमा २० प्रतिशत छुट पाउने

  • 397
    SHARES
  • https://www.indrenipost.com/posts/8292
    फागुन २७, २०८१ मंगलबार
    माछापुच्छ्रे बैंकका ग्राहकले एप्पलका सामान खरिदमा २० प्रतिशत छुट पाउने

    काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक  गुरुदत्त शर्मा र बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाण्डौंका प्रमुख निशेष केसीले हस्ताक्षर गरेका हुन् ।


    सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा बैंकका कर्मचारी तथा ग्राहकहरुले छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार एप्पलका उप्पादनहरुमा उक्त बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।


    बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए। 'उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ,’ उनले भने, 'सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ ।’


    जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाण्डौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु विक्री गर्दै आएको छ । जोय स्टोरका प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij