सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

सुनको मूल्य गिरावट 

  • 1.9K
    SHARES
  • https://www.indrenipost.com/posts/8355
    चैत ३, २०८१ आइतबार
    सुनको मूल्य गिरावट 

     

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यसअघि शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij