सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

बैंकहरूले हरेक वर्ष सामाजिक सुरक्षा कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने

  • 1.5K
    SHARES
  • https://www.indrenipost.com/posts/8374
    चैत ५, २०८१ मंगलबार
    बैंकहरूले हरेक वर्ष सामाजिक सुरक्षा कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने

    काठमाडौं । बैंकहरूले हरेक वर्ष सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ। 

    ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

    ‘इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ मार्गदर्शनमा भनिएको छ।

    बैंकको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि बनाइ लागु गर्नुपर्ने व्यवस्था गरिएको हो। 

    बैंकहरूले शिक्षा, स्वास्थ्य, मानविय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यका काममा यस्तो रकम खर्च गर्न पाउँछन्। 

    वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। 


    त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दा सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाहरूको लागि मात्र गर्नु पर्ने भएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij