सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

ट्राफिक प्रहरीद्वारा ३ करोड राजस्व सङ्कलन


  • 667
    SHARES
  • https://www.indrenipost.com/posts/9481
    असार २६, २०८२ बिहीबार
    ट्राफिक प्रहरीद्वारा ३ करोड राजस्व सङ्कलन

    तानसेन पाल्पा, २६ असारः जिल्ला ट्राफिक कार्यालयले नियम विपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवाना स्वरुप रु ३ करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८।०७९  देखि चालु आवको जेठ मसान्त सम्मकोे हो । 
    जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन भएको हो ।
    ३ वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij