आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

विपद् व्यवस्थापनलाई बेवास्था गरे सह्य हुदैन माओवादीकेन्द्र


  • 1.2K
    SHARES
  • https://www.indrenipost.com/posts/9487
    असार २६, २०८२ बिहीबार
    विपद् व्यवस्थापनलाई बेवास्था गरे सह्य हुदैन  माओवादीकेन्द्र

    काठमाडौँ, २६ असारः नेकपा माओवादी केन्द्रले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 
    पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ साथै सो घटनामा बेवाश्था गरे सह्य नहुने कुराको चेतावनी दिएको छ । बैठकले आगामी दिनमा विपद्को जोखिम आकलन गरी पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन। बैठकले आगामी साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको समेत उनले बताए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij