आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य


  • 523
    SHARES
  • https://www.indrenipost.com/posts/9613
    साउन ९, २०८२ शुक्रबार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडौँ, ९ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । दैनिक उपभोग्य वस्तुको बजार मूल्य नियन्त्रण तथा उपभोक्तालाई जानकारी दिने उद्देश्यले समितिले अधिकतम थोक मूल्य सार्वजनिक गरेको हो ।
    आजका लागि निर्धारण गरिएका प्रमुख थोक मूल्य यसप्रकार छन् 
    गोलभेँडाको मूल्य प्रकार अनुसार प्रतिकिलो रु २७ देखि रु ६० सम्म छ भने, आलु रातो को मूल्य रु ३३ देखि रु ४६ सम्म कायम गरिएको छ । प्याज भारतीय को मूल्य प्रतिकिलो रु ३९ र गाजर लोकल रु १०० तोकिएको छ ।
    त्यसैगरी, बन्दा लोकल रु ३०, काउली स्थानीय रु ७०, भन्टा रु ३० देखि रु ४०, बोडी रु ४० देखि रु ६५, घिउ सिमी रु ४० देखि रु ६०, करेला रु २०, लौका रु ३०, चिचिण्डो रु ३०, घिरौँला रु ३०, फर्सी रु ३० देखि रु ५०, सलगम रु ७० र भिण्डी रु ३० मा कारोबार भइरहेको छ ।
    पालुङ्गो साग रु ७०, रायो साग रु ६०, तोरी साग रु ४५, च्याउ कन्य रु १५०, डल्ले च्याउ रु ३५०, कुरिलो र हरियो प्याज प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
    विशेष र मुल्यमान फलफूलको मूल्य हेर्दा स्याउ फुजी रु ३५०, अनार रु ३५०, मौसम रु १६०, जुनार रु २५०, केरा प्रतिदर्जन रु १३५, आँप माल्दह दशहरी रु १४०, तरबुजा रु १०० र नास्पाती लोकल रु ३५ रहेको छ ।
    मसला तथा अन्य सामग्रीतर्फ, अदुवा रु १००, खुर्सानी हरियो रु ५५, अकबरे खुर्सानी रु २००, लसुन नेपाली रु १६०, धनियाँ हरियो रु ३००, ताजा माछा रहु रु ३३०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु ९०० सम्मको दर कायम गरिएको छ ।
    बजार समितिले उपभोक्तालाई मूल्यमा अनावश्यक वृद्धि नगर्न अपिल गर्दै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । मूल्य जानकारी कालीमाटी बजारको वेबसाइट तथा सूचना पाटीमा समेत प्रकाशित गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij