आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

‘मुलुकको समृद्धिका लागि तीव्र आर्थिक विकास नीति आवश्यक’ — महासचिव पोखरेल


  • 487
    SHARES
  • https://www.indrenipost.com/posts/9676
    साउन १४, २०८२ बुधबार
    ‘मुलुकको समृद्धिका लागि तीव्र आर्थिक विकास नीति आवश्यक’ — महासचिव पोखरेल

    काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले मुलुकको दिगो समृद्धि र सामाजिक समस्याको समाधानका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
    नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक क्षेत्रमा केही प्रगति भए पनि आर्थिक विकासमा अपेक्षित गति नआएको बताउँदै यो खाडललाई पुर्न आर्थिक रूपान्तरण अपरिहार्य भएको धारणा राखे ।
    उनले भने, “समाजमा देखिएका विविध आर्थिक र सामाजिक समस्या समाधान गर्न अब योजनाबद्ध ढङ्गमा तीव्र आर्थिक विकास नीति अवलम्बन नगरी हुँदैन । कमजोर राज्यबाट श्रमजीवी वर्ग अधिकार सम्पन्न हुन सक्दैन । त्यसैले मुलुक बलियो बनाउन श्रमजीवी वर्गलाई बलियो बनाउनैपर्छ।”
    कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी नेतृत्व पारदर्शी र उत्तरदायी हुनुपर्नेमा पनि जोड दिए । एमालेले पार्टीमा लागू गरेको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यता विपरीत नरहेको तर्क गर्दै उनले प्रश्न गरे, “७० वर्षको उमेर हद हटाउँदा जबजको मूल मान्यतामा कहाँ असर पर्छ”
    उनले जनताको बहुदलीय जनवाद जबज नबुझी त्यसको प्रवक्ता बन्न खोज्ने प्रवृत्ति प्रति टिप्पणी गर्दै पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट नेतृत्व विचलित नभएको स्पष्ट पारे ।
    महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा सबैलाई उम्मेदवार बन्ने अधिकार सुरक्षित रहेको भन्दै नेतृत्व चयनको अधिकार प्रतिनिधिहरूकै हो भन्ने धारणा व्यक्त गरे । साथै, दुई पटक राष्ट्रको प्रमुख भइसकेको व्यक्तिले राजनीतिमा फर्किने अपेक्षा गर्नु अवास्तविक रहेको बताए ।
    उनले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले सम्मानित स्थानमा राख्ने दृष्टिकोण अघि सारिएको जानकारी पनि दिए ।
    बैठकमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमको सम्मान बिना मुलुक समृद्धि नहुने उल्लेख गर्दै सरकारले श्रमिकका समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij