सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडान गरे आईपीटीभी सित्तैमा


  • 1.0K
    SHARES
  • https://www.indrenipost.com/posts/1374
    कात्तिक ७, २०७८ आइतबार
    डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडान गरे आईपीटीभी सित्तैमा

    काठमाडौं । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ । 

    कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो ।

    योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ । 

    ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् ।

    साथै डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij