फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ । पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो ।
यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन । फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन ।
पछिल्लो समय फेसबुकबारे विभिन्न नकारात्मक समाचार आइरहेको अवस्थामा फेसबुकले आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने भएको हो ।
केही समयअघि मात्र फेसबुक प्रयोगकर्ताको सुरक्षा भन्दा पनि आफ्नो नाफा बढाउन केन्द्रित हुने गरेको विवरण सार्वजनिक भएको थियो ।
यसअघि सन् २०१५ मा गुगलले पनि कम्पनीको संरचना परिवर्तन गर्दै अल्फाबेटलाई माउ कम्पनी बनाएको थियो । यद्यपि गुगलको नाम भने परिवर्तन गरिएको थिएन ।