सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

अब फेसबुकबाटै पैसा कमाउन सकिने, यस्ता छन् उपाय


  • 1.1K
    SHARES
  • https://www.indrenipost.com/posts/1838
    कात्तिक २९, २०७८ सोमबार
    अब फेसबुकबाटै पैसा कमाउन सकिने, यस्ता छन् उपाय

    काठमाडौं । फेसबुकले आफ्ना सेवाग्राहीका लागि खुसीको खबर ल्याएको छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने तयारीमा छ । 

    फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् ।

    परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि सपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन् । फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन् ।

    फेसबुक ग्रुप एड्मिन कम्युनिटी शप्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिनेछ । कम्युनिटी शप्स फेसबुकमा यस अघिदेखि उपलब्ध फिचर हो । 

    अब ग्रुप एड्मिनले यसबाट पनि मर्चेन्डाइज बिक्री गर्न सक्नेछन् । फन्डरेजिङ फिचरको माध्यमबाट फेसबुक ग्रुप एड्मिनले कुनै पनि प्रोजेक्टको लागि क्राउड फन्डिङ जुटाउन सक्नेछन्। ग्रुप चलाउन आवश्यक खर्चका लागि ग्रुप एड्मिनले प्रयोगकर्ता तथा सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् ।

    अर्को फिचर भनेको सब्स्क्रिप्सनको हो । सशुल्क सब(ग्रुप यस्तो फिचर हो, जसमा फेसबुक ग्रुपभित्र रहेका सीमित सदस्यहरूका लागि बनाइएका साना साना ग्रुपमा राख्न सकिन्छ । यसको माध्यमबाट जसलाई अतिरिक्त कन्टेन्ट चाहिन्छ, त्यस्ता प्रयोगकर्ताले युजर सब्सक्रिप्सन खरिद गरेर पहुँच पाउन सक्छन् । सब्स्क्रिप्सनको पैसा ग्रुप एड्मिनलाई दिइन्छ । फेसबुक ग्रुपमा सब(ग्रुप बनाउने विकल्प रहनेछ ।

    jw.jpg

    यस्तोमा तपाईंले सब(ग्रुप बनाएर क्राउड फन्डिङ लिन सक्नुहुन्छ । फेसबुक चाहन्छ कि क्रियटरले ग्रुपको माध्यमबाट आम्दानी गर्न सकुन् । यस्तोमा प्रयोगकर्ताका लागि एड्मिनहरूले खास किसिमका सामग्री पस्किन सकुन् । त्यसो त फेसबुकका सबै ग्रुपले यो सुविधा चाहन्छन् भन्ने छैन । तर कयौं ग्रुप अहिले पनि मर्चेन्डाइज तथा फन्ड रेजिङ गराइरहेका हुन्छन्। फेसबुकले यो फिचर सबै ग्रुपका लागि एकसाथ सार्वजनिक भने गर्नेछैन ।

    कम्पनीले यो फिचर क्रमशः उपलब्ध गराउनेछ । मनिटाइजेसन फिचरसँगै फेसबुक ग्रुपमा अन्य नयाँ फिचर समेत आउनेछन्। जसमा नयाँ कस्टमाइजेसन फिचर उपलब्ध हुनेछन् । जसको सहयोगमा ग्रुप एड्मिनले आफ्नो ग्रुपको ब्याकग्राउन्ड कलर, फन्ट स्टाइल आदि परिवर्तन गर्न सक्नेछन् । फेसबुक ग्रुप एड्मिन तथा मोडेरेटरका लागि कम्युनिटी च्याट हुनेछ । जसको सहयोगमा उनीहरूले आपसमा राम्रोसँग सञ्चार गर्न सक्नेछन् ।

    एउटा नयाँ फिचर्ड सेक्सन पनि हुनेछ । जसमा एड्मिन कन्ट्याक्टलाई कोपिन गर्न सकिनेछ । यस बाहेक कम्पनीले आगामी दिनमा फेसबुक पेज र ग्रुपका लागि अन्य टुल्स समेत परीक्षण गर्ने तयारी गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij