सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

एकीकृत सिद्धान्तः भौतिक विज्ञानमा क्रान्ति (भाग-३)

  • 33.0K
    SHARES
  • https://www.indrenipost.com/posts/349
    असोज १२, २०७७ सोमबार
    एकीकृत सिद्धान्तः भौतिक विज्ञानमा क्रान्ति (भाग-३)

    महासम्मिति (supersymmetry)

    महासम्मितिले तार सिद्धान्तमा ठूलो भूमिका निर्वाह गर्दछ । यस प्रकारको पहिलो पूर्ण सिद्धान्तको निर्माण काल्र्सरु विश्वविद्यालयका जुलियस वेस र CREN का ब्रुनो जुमिनोले गरेका थिए । तर त्यो तार सिद्धान्त थिएन । उनीहरुको सम्बन्ध कणहरुसँग मात्र थियो । उनीहरुले nyu मा धेरै वर्षसम्म सँगै काम गरे । त्यही अवधिमा महासम्मितिमा नयाँ खोज भयो ।

    वेस र जुमिनो ब्रह्माण्डमा विद्यमान दुई प्रकारका कणहरुलाई अथवा फर्मियोन र बोसोनलाई एउटै उपसमूहमा ल्याउन चाहन्थे । जब उनीहरुले सम्मिति नियमहरुको प्रयोग गरेर गणितीय ढंगबाट बोसोनलाई फर्मियोनमा र फर्मियोनलाई बोसोनमा रुपान्तरण गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाए । तब उनीहरुको खुशीको सीमा रहेन । त्यसलाई अहिले महासम्मिति भनिन्छ । त्यसले यो ब्रह्माण्ड पहिले सोभिएभन्दा अझ सरल छ भन्ने संकेत ग¥यो ।

    वास्तवमा उनीहरुले पत्ता लगाएको कुरा के थियो भने महासम्मिति सिद्धान्तले हरेक बोसोनको फर्मियोन साझेदार हुन्छ भन्ने भविष्यवाणी गर्दछ । यी साझेदार कणहरुलाई अहिले महासाझेदार (superpartners) भनिन्छ । यसको तात्पर्य के हो भने इलेक्ट्रोन, क्वार्क र ग्रेभिटोन जस्ता कणहरुका महासाझेदारहरु छन्, तिनीहरुलाई एसइलेक्ट्रोन (selectron), एसक्वार्क (squark) र ग्रेभिटिनो( gravitino) भनिन्छ ।

    बोसोनका महासाझेदारहरु निम्नानुसार छन् ः
    कण महासाझेदार
    ग्रेभिटोन (graviton) ग्रेभिटिनो ( gravitino)
    फोटोन ( photon) फोटिनो (photino)
    ग्लुओन (gluon) ग्लुइनो (gluino)
    W+            विनो (winot)

    z             zino

                     wino+

                         zino


     


    फर्मियोनका महासाझेदारहरु निम्नानुसार छन् ः

    कण                            महासाझेदार

    इलेक्ट्रोन (electron)             एसइलेक्ट्रोन(selectron)

    म्युओन (muon )                 एसम्युओन (selectron )
    टाउ ( tau)                         एसटाउ (stau)   

    न्युट्रिनो (neutrino)               एसन्युट्रिनो(sneutrino)

    क्वार्क (quark )                एसक्वार्क (squark)


    तर सिद्धान्तमा महासम्मितिको योग एउटा ठूलो उपलब्धि थियो । त्यो नयाँ सिद्धान्त महातार सिद्धान्त (superstring theory) को रुपमा परिचित भयो । त्यसबाट तार सिद्धान्तका धेरै समस्याहरुको समाधान भयो । ती समस्याहरुमध्ये एउटा प्रकृतिका तीन बलहरुका क्षमताहरुसँग सम्बन्धित थियो ।

    शोल्डन ग्लाश्व, अब्दुस सलाम र स्टिभेन वाइनवर्गले के देखाएका थिए भने विद्युतचुम्बकीय बल र दुर्बल बल सम्बन्धित छन् ।

    त्यसपछि सन् १९७४ मा ग्लाइव र जाङ्गीले यो सम्बन्धलाई प्रबल बलसँग मिलाएर वृहत एकीकृत सिद्धान्त बनाउन सकिन्छ भन्ने कुरा दर्शाएका थिए भने अतिउच्च शक्तिहरुमा, जुन आरम्भिक ब्रह्माण्डमा विद्यमान थिए, यी तीन बलहरु एकीकृत थिए, जसमा यिनीहरु सबैको एउटै क्षमता थियो ।

    इलेट्रोनको वरिपरि कणहरु र प्रतिकणहरुको बादल हुन्छ र त्यो बादलले इलेक्ट्रोन वास्तविक क्षेत्रलाई धमिलो बनाउँदछ । जब हामी इलेक्ट्रोनको नजिक जान्छौं, तब त्यो बादललाई छिचोल्दछौं र इलेक्ट्रोनको विद्युतीय क्षेत्र बढ्न थाल्छ । अन्ततः हामीले त्यो वास्तविक विद्युतचुम्बकीय बल भेट्टाउँदछौं, जुन इलेक्ट्रोनसँग सम्बन्धित हुन्छ । तर यहाँ अन्य दुई बलहरु पनि छन् ः प्रबल र दुर्बल नाभिकीय बलहरु । तिनीहरुलाई छिचोलेर भित्र जाँदा के हुन्छ ? तिनीहरु दुर्बल हुँदैजान्छन् भन्ने देखिन्छ । अत्यन्तै कम दुरीमा यी सबै बलहर बराबर हुन्छन् ।

    तर जब पहिलो पटक यिनीहरुको मापन गरियो, तब एउटा समस्या आउने देखियो । गुरुत्व बल बाहेक तीन बलहरु अत्यन्तै सानो मात्रामा मापन गर्दा लगभग बराबर देखिए पनि पूर्ण रुपमा बराबर थिएनन् । वास्तवमा जब त्यो सिद्धान्तमा महासम्मिति जोडियो, तब तिनीहरु पूर्ण रुपले बराबर भए ।

    महासम्मितिको सबभन्दा ठूलो सफलता के हो भने यसले सामान्य सापेक्षताको सिद्धान्त र क्वाण्टम सिद्धान्तको एउटा सन्तोषजनक एकता संभव बनायो । यो महासम्मितीय एकताले टाक्योनको समस्यालाई परिहार गर्दछ र यसले प्रकृतिका सबै आधारभूत कणहरुको व्याख्या गर्दछ । त्यसैगरी यसले सामान्य सापेक्षताको सिद्धान्त र क्वाण्टम सिद्धान्तको प्रमुख अन्तर्विरोधलाई पनि समाधान गर्दछ । यो अन्तर्विरोध क्वाण्टम विचलन quantum fluctuations_ मा केन्द्रित छ, जुन प्लाङ्क स्तरमा देखिन्छन् । वास्तवमा यी विचलनहरु यो सूक्ष्म स्तरमा यति धेरै तीव्र हुन्छ, जसबाट सामान्य सापेक्षताको लागि आवश्यक नष्ट हुन्छ । महासम्मितिले तिनीहरुलाई समन गर्दछ ।

    अतिरिक्त आयामहरु

    महातार सिद्धान्त दश– आयामीय सिद्धान्त हो । हाम्रो संसार चार आयामहरुबाट मात्र बनेको छ । यी अतिरिक्त आयामहरु कहाँ छन् त ? क्लाइन र केलुजाले के माने भने यिनीहरु इति साना भएर वेरिएका छन् कि यिनीहरु इति साना भएर बेरिएका छन् कि यिनीहरुलाई देख्न सकिँदैन । महासम्मिति सिद्धान्तमा मानिएको कुरा पनि यही हो ।

    तर महासम्मिति सिद्धान्तमा पनि समस्या त बाँकी नै रहन्छ । हामी एउटा आयाम बेरिएको दृश्य देख्न सक्छौं । त्यो एउटा सानो बेलानकार वस्तुजस्तो हुन्छ । तर अनेकौं आयामहरु बेरिएर कस्तो आकृति बन्दछ त ?

    सन् १९८४ मा टेक्सास विश्वविद्यालयका फिलिप क्याण्डेलास, क्यालिफोर्निया विश्वविद्यालयका एण्ड्रयू स्ट्रोमिङ्गर र एड्वार्ड विट्टेनले के देखाए भने महातार सिद्धान्तका छ अतिरिक्त आयामहरुलाई कालाबी– याउ आकृतिहरुद्वारा प्रतिनिधित्व (व्यक्त) गर्न सकिन्छ । यस्ता आमृतिहरुको रचना पेन्सिलभानिया विश्वविद्यालयका युजेन कालाबी र हवार्ड विश्वविद्यालयका शिन्तुङ याउले गरेका थिए ।

    सिद्धान्तहरुको बहुलता

    महासम्मितिले तार सिद्धान्तलाई एउटा उचाइमा पु¥यायो । यसलाई तार सिद्धान्तमा समावेश गरेपछि धेरै समस्याहरुको समाधान भयो । तर यसमा पनि एउटा द्विविधा देखियो । के देखियो भने महासम्मितिलाई तार सिद्धान्तमा ५ भिन्न ढंगबाट समाविष्ट गर्न सकिन्छ र प्रत्येकले अगलत ार सिद्धान्ततिर लैजान्छ । परिणामस्वरुप अहिले ५ अगल महातार सिद्धान्तहरु छन् ।

    Type 1   शक्ति पदार्थ बीचको महातार सिद्धान्त जसमा खुला र बन्द दुवै तारहरु हुन्छन् । टाक्योन छैन । so(32) मा आधारित ।

    Type 11A  शक्ति र पदार्थबीचको महातारसिद्धान्त, जसमा बन्द ( फन्दा) तारहरु मात्र हुन्छन् । टाक्योन छैन । र, पिण्डरहित फर्मियोनहरु दुवैतिर घुम्दछन् ।

    Type 11B शक्ति र पदार्थबीचको महातारसिद्धान्त, जसमा बन्द तारहरु मात्र हुन्छन् । टाक्योन छैन र पिण्डरहित फर्मियोनहरु एकतिर मात्र घुम्दछन् ।

    HO शक्ति र पदार्थबीतको महातार सिद्धान्त, जसमा बान्द तारहरु मात्र हुन्छन् । टाक्योन छैन । हेटरोटिक –विजातीय), जसको अर्थ दायाँ र बायाँ चल्ने तारहरु भिन्न हुन्छन् भन्ने हो । s(32) समूहमा आधारित ।

    HE शक्ति र पदार्थबीचको महातार सिद्धान्त, जसमा बन्द तारहरु मात्र हुन्छन् । टाक्योन छैन । विजातीय (heterotic) र E8 x E समूहमा आधारित ।

    यसरी ५ अलग सिद्धान्तहरुको सिद्धान्तहरुको अस्तित्व हुनु विश्चित रुपमा एउउटा समस्या हो । त्यसकारण एउटा सिंगो सिद्धान्तको आवश्यकता छ । त्यस्तो सिद्धान्त सर्वसिद्धान्त (Theory of Everything) हुनेछ ।

    ४. मातृ– सिद्धान्त (M­-Theory)

    सन् १९९० को दशकमा ५ स्वतन्त्र तारसिद्धान्तहरु थिए । तिनीहरुका धेरै विशेषताहरु थिए, तर महासम्मितिलाई समाविष्ट गर्ने विधिमा तिनिहरु स्पष्ट रुपले भिन्न थिए । प्रत्येक सिद्धान्तमा उपलब्ध कम्पन स्वरुपहरु (ढाँचाहरु) भिन्न थिए । वास्तवमा एउटा एकल सिद्धान्तको खोजी भइरहेको थियो, जसले प्रकृतिका चारैवटा बलहरुलाई कणहरुको व्याख्या गर्न सकोस् ।

    अन्ततः सन् १९९५ मा एउटा नयाँ खोज भयो, जसले विद्यमान सपस्यामाथि नयाँ प्रकाश पा¥यो । त्यो खोजलाइृ बुझ्नको लागि वितलन सिद्धान्त (perturlation theory) को सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ ।

    मानक विधिः विचलन सिद्धान्त सन् १९९० को दशकको माध्यसम्म वैज्ञानिकहरुले के महसूस गर्न थालेका थिए भने उनीहरुले प्रयोग गरेको विधि दोषयुक्त छ । तर त्यो कारणरहित विधि थिएन । वास्तवमा त्यसवेला त्यसलाई अवलम्वन गर्नु स्वाभाविकै थियो । त्यसलाई अवलम्वन गर्नु स्वाभाविकै थियो । त्यसलाई विचलन विधि भनिन्छ र सबै प्रमुख क्वाण्टम सिद्धान्तहरुमा त्यसको प्रयोग गरिन्छ ।

    यसलाई स्पष्ट गर्नको लागि क्वाण्टम इलेक्ट्रोडाइनामिक्सलाई लिन सकिन्छ । मानौं, भर्खरै एउटा अन्तत्र्रिmया सम्पन्न भएको छ– एउउटा इलेक्ट्रोन र एउटा पोजिड्रोनको टकराव । हामी यो अन्तत्र्रिmयामा सहभागी हुने कणहरु र यसबाट उत्पन्न हुने कणहरुलाई देख्दछौं । तर हामीलाई तिनीहरुको बीचमा के हुन्छ भन्ने कुारा निश्चित रुपमा थाहा हुँदैन, त्यसकारण यसलाई एउटा बादलको रुपमा देखाइन्छ ।

    यस्ता अन्तक्रियाहरुमा एउटा मूल तत्व युग्मक अचर(coupling constant) हो । यो एउटा अंक हो, जसले अन्तत्र्रिmया कति प्रबल छ भनने कुरा बताउदँछ । प्रकृतिका बलहरुमध्ये प्रत्येकको युग्मक अचर हुन्छ । विद्युतचुम्बकीय बलको युग्मक अचर अंक १/१३७ हो । त्यसकारण महातार पिसद्धान्तको पनि एउटा युग्मक अचर हुनसक्छ भन्ने अपेक्ष ागर्न सकिन्छ । वास्तवमा ५ महातार सिद्धान्तहरुमध्ये प्रत्येकको यस्तो एउटा युग्मक अचर हुनुपर्दछ ।

    विचलन पसिद्धान्तमा यो युग्मक अचर निर्णायक हुन्छ । यसको अवधारणा एउटा अनुमानित परिणाममा पुग्नु र त्यसपछि विशुद्ध परिणामको नजिक पुग्नु हो । प्रथम अनुमानित परिणामलाई प्रथम–क्रमीय विचलन पसिद्धान्त First -order perturlation theory) भनिन्छ । त्यसैगरी दोस्रो अनुमानित परिणामलाई दोस्रो– क्रमीय विचलन सिद्धान्त (Second- order PerturlationTheory) भनिन्छ । र यही क्रमले अगाडि बढ्दछ । जब चाहिएको परिणाम प्राप्त हुन्छ, तब सबै परिणामहरुलाई जोडिन्छ, जसबाट अत्यन्तै विशुद्ध परिणाम प्राप्त हुन्छ ।

    तर के देखिन्छ भने विचलन सिद्धान्तले तब मात्र काम गर्दछm जब युग्मक अचर एकभन्दा कम हुन्छ । त्यसैकारण यो अचरको ज्ञान यति महत्वपूर्ण छ । क्वाण्टम इलेक्ट्रोडाइनामिक्सको लागि यो समस्याको विषय होइन, किनभने यो १÷१३७ मात्र छ । क्वाण्टम इलेक्ट्रोन डाइनामिक्समा फिनम्यान डाइग्रामहरुको प्रयोग गरिन्छ ।
    तार सिद्धान्तमा समस्या आएको जस्तो देखियो र केही कामप गर्नुपर्ने आवश्यकता भयो । त्यही क्रममा सन् १९९५ मा एउटा नयाँ खोज भयो ।

    दोस्रो महातार क्रान्ति

    सन् १९९५ को मार्चमा बार्षिक महातार सम्मलेलन दक्षिणी क्यालिफोर्नियाको एउटा विश्वविद्यालयमा सम्पन्न भयो । त्यहाँ उल्लेखनीय आकर्षण देखियो, किनभने त्यस अवधिमा धेरै नयाँ उपलब्धिहरु भएका थिए । तर कसैले पनि त्यो विस्फोटको अपेक्षा गरेको पिथएन, जुन त्यहाँ भयो । हरेक व्यक्ति महातार सिद्धान्तका सर्वमान्य नेता एड्वर्ड विट्टेनको व्याख्यानमा ध्यान केन्द्रित गरिरहेको थियो । उनको अभियक्ति बम विस्फोट जस्तै भयो ।

    ध्ेरै वैज्ञानिकहरुले के सुझाव दिएका थिए भने विचलन सिद्धान्त एउटा अवरुद्ध मार्ग हो र अरु थप कुराको आवश्यकता छ । तर कसैले पनि त्यसलाई कसरी पार गर्न सकिन्छ भन्ने कुरा बताएका थिएनन् । एड्वर्ड विट्टेनले त्यसको विधि बताए । उनले बताएको सूत्र थियो – द्वैत सम्बन्धहरु, अथवा द्वैतताहरु (dualities) । उनले के दर्शाए भने द्वैतताहरुको प्रयोगद्वारा पाँच महातारसिद्धान्तहरु घनिष्ठ रुपले जोडिएका छन् भन्ने कुरा सिद्ध गर्न सकिन्छ । वास्तवमा तिनीहरु एउटै भौतिकशास्त्रलाई व्यक्त गर्ने पाँच भिन्न विधिहरु मात्र हुन् ।

    विचलन सिद्धान्तको सफलता युग्मक अचरको आकारमा निर्भर हुन्छ । यो एकभन्दा कम हुनुपर्दछ, यसलाई दुर्बल युग्मक (week coupling) भनिन्छ । यदि यो एकभन्दा ठूलो छ भने, प्रबल युग्मक (strong coupling) हुन्छ ।

    विट्टेनले Type I महातार सिद्धान्तबाट आरम्भ गरेका थिए । उनको अवधारणा विविध युग्मक अचरहरुको लागि सिद्धान्तको खोजी गर्नु थियो, जुन अति दुर्वलदेखि प्रबलसम्मका हुन्छन् । आश्चर्यको कुरा उनले के भेट्टाए भने एकभन्दा सानो युग्मक अचर भएको Heterotic–O सिद्धान्तसँग पूर्ण रुपमा मिल्दछ । अर्को शब्दमा भन्दा, यो मामिलामा तिनीहरु बिलकूल समान छन् ।

    त्यसपछि विट्टेनले यो ‘‘द्वैतता’’ Type IIB तार सिद्धान्तको लागि पनि मान्य छ भन्ने कुरा दर्शाए । यसमा थोरै भिन्नताहरु थिए । यो द्वैतता एउटै सिद्धान्तमा दुर्बल र प्रवल युग्मकको बीचमा थियो । अर्को शब्दमा, Type IIB सिद्धान्तको दुर्वल युग्मकका परिणामहरु प्रबल युग्मकको परिणामहरुजस्तै थिए । यसको अर्थ त्यो सिद्धान्तहरु स्व–द्वैत थियो । अहिले यो द्वैततालाई र पहिले उल्लेखित द्वैतताहरुलाई स्व–द्वैतताहरु (S-dualites) भनिन्छ ।

    विट्टेनको घोषणाबाट सम्मेलनमा सहभागी हरेक मानिस स्तब्ध भयो । त्यसको अर्थ के थियो भने ती पाँच पिसद्धान्तहरु अन्तर्सम्बन्धित थिए, अथवा कम्तीमा पनि तिनीहरुमध्ये केही अन्तर्सम्बन्धित थिए । तर अझ ठूलो विस्फोट आउन बाँकी नै थियो ।

    विट्टेनले के देखाए भने पाँच महातार सिद्धान्तहरु र महागुरुत्व सिद्धान्तको बीचमा एउटा सम्बन्ध छ । उनले सिद्ध गरेको कुरा यो थियो ः यदि त्थउभ क्ष्क्ष्ब् महातार सिद्धान्तबाट आरम्भ गरिन्छ र युग्मक अचरलाई एकभन्दा ठूलो नभएसम्म बढाइन्छ भने, भौतिकशास्त्र निम्न शक्ति निकटताबाट एघार–आयामीय महागुरुत्वमा जान्छ । यसरी दश– आयामीय सिद्धान्त एघार–आयामीय सिद्धान्तसँग जोडिन सक्छ भन्ने कुरा आश्चर्यजनक थियो । त्यसको अर्थ बुझ्न सकिएको थिएन ।

    तर पनि, विट्टेनले त्यसको अर्थ बुझाए । उनले के देखाए भने महातार सिद्धान्तमा एउटा अदृश्य आयाम छ, जसलाई अहिलेसम्म देख्न सकिएको थिएन । जब उनले ज्भतभचयतष्अ–भ् सिद्धान्तको युग्मक अचरलाई बढाए, तब सिद्धान्तभित्र एक ¬–आयामीय तार फन्दाहरु नलीहरु जस्ता देखिन थाले । अर्को शब्दमा भन्दा, तिनीहरु दुई–आयामीय आवरणहरु बने । पहिले यसलाई कसैले पनि देखेको थिएन किनभने सबै हिसाब वितलन सिद्धान्त र सानो युग्मक अचरको प्रयागद्वारा गरिएको थियो । स्पष्ट रुपमा भन्दा, उनले के भेट्टाए भने प्रबल युग्मक भएको Heterotic–E तार सिद्धान्तको एउटा एघार–आयामी स्वरुप छ, जुन एघार–आयामीय महागुरुत्वको समरुप छ । अब महागुरुत्वसहित छ सिद्धान्तहरु भए, जुन अन्तर्सम्बन्धित थिए ।

    साना–ठूला द्वैतताहरु

    यी विकासहरुले धेरै हलचल उत्पन्न गर तर चित्र अझै पूरा भएको थिएन । विशेषगरी सबै सिद्धान्तहरु जोडिएका थिएनन् । पछि के थाहा भयो भने अरु पनि द्वैतताहरु छन् ।

    तिनीहरु कसरी उत्पन्न हुन्छन् भन्ने कुरा बुझ्नको लागि महातार सिद्धान्तका आयामहरुभध्ये एउटाको सघनीकरण अथवा ‘बेराइ’ हेर्नु आवश्यक छ । मानौं त्यो एउटा सानो–व्यासको बेलनाकारमा बेरएको छ । यो बेलनामा तारहरु विभिन्न ढंगबाट चल्न सक्दन् भन्ने कुरा सजिलै हेर्न सकिन्छ ः तिनीहरु यसको वरिपरि बेरिन सक्दछन् अथवा तिनीहरु चौडातिर ‘अनाकृत’ रुपमा चल्न सक्दछन् । यसले के देखाउँछ भने तारहरुको शक्ति दुई स्रोतहरुबाट आउँदछ – कम्पन गति र मोडाइ शक्ति । यसले साना–ठूला द्वैतताहरुमा पु¥याउँछ ।

    विट्टेन र अन्य वैज्ञानिकहरुले दर्शाएअनुसार, बेलानाकार ब्रह्माण्डको अर्धव्यास R को लागि एउटा सानो वृत्ताकार अर्धव्यास छ, जसको लागि तारहरुका मोडाइ शक्तिहरु ठूलो अर्धव्यासको ब्रह्माण्डका कम्पन शक्तिहरुसँग बराबर हुन्छन् । संक्षेपमा, R र 1/R बीचमा एउटा द्वैतता छ । यसलाई T द्वैतता (T-duality) भनिन्छ । यसलाई अर्को ढंगबाट भन्दा यसो भन्न सकिन्छ– त्यसले मोडाइ स्वरुपहरुसँग तारका कम्पन स्वरुपहरु विनिमय गरेर सानो दूरीसँग ठूलो दूरी विनिमय गर्दछ ।

    यो द्वैततासँग सम्बन्धित तार सिद्धान्तहरु Type IIA  र Type IIB हुन् । यसको अर्थ के हो भने यहि हामी Type IIA तार सिद्धान्तका हिसावहरु वृत्तकार अर्धव्यास R (ठूला स्तरहरु) को लागि गर्दछौं भने, हामीले वृतीय अर्थव्यास 1/R (साना स्तरहरु¬¬) को लागि परिणामहरु प्राप्त गर्दछौंं । एउटा त्यस्तै द्वैतता Heterotie-E तारसिद्धान्त र Heterotic - E तारसिद्धान्तको बीचमा पनि छ । त्यसकारण सारांशमा अर्थव्यास R को ब्रह्माण्डमा Type IIA तारको भौतिकशास्त्र वत्तीय अर्धव्यास 1/R को ब्रह्माण्डमा रहेको Type IIB को भौतिकशास्त्रसँग समरुप छ । यसले पाँच महातार सिद्धान्तहरुको संयोजनलाई पूरा गर्दछ । वास्तवमा तिनीहरु सबै द्वैतताहरुको एउटा संजालद्वारा जोडिएका छन् ।

    एड्वार्ड विट्टेनले यो नयाँ सिद्धान्तलाई मतृ– सिद्धान्त भनेका थिए । यो मातृ–सिद्धान्तद्वारा एघार¬–आयामीय महागुरुत्व सिद्धान्तसहित सबै पाँच तार सिद्धान्तहरु जोडिएका छन् ।

    मतृ–सिद्धान्तले ब्रह्माण्ड विज्ञानमा पनि योगदान गरेको छ । धेरै पहिलेको ब्रह्माण्डमा गुरुत्व इतर तीन बलहरु बराबार थिए । मातृ–सिद्धान्तअनुसार त्यसभन्दा पनि पहिले अतिउच्च शक्तिको अवस्थामा प्रकृतिको अवस्थामा प्रकृतिका चारै बलहरु समान मूल्य वा मात्राका थिए । ब्रह्माण्डको उत्पत्ति महाविस्फोटबाट भएको थियो, जसमा उच्च शक्तिको अवस्था थियो । त्यसकारण महाविस्फोटको समयमा प्रकृतिका चार बलहरु बराबर अथवा समान थिए ।

    यसरी आधुनिक भौतिक विज्ञानको अन्तिम (सर्वोच्च) लक्ष्य एकीकृत सिद्धान्तको खोजलाई दुई महान सिद्धान्तहरु समान्य सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तको एकीकरण गर्ने प्रयत्नको रुपमा हेर्न सकिन्छ । त्यसैगरी यसको प्रमाणको रुपमा महाविस्फोटलाई लिन सकिन्छ ।

    याे पनि

    एकीकृत सिद्धान्तः भौतिक विज्ञानमा नयाँ क्रान्ति 

    एकीकृत सिद्धान्तः क्वाण्टम र सापेक्षताको एकीकरण प्रयास

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij