सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

प्रदेश सरकारको सकस

माधव नेपालको साथ छोडेपछि शाक्यको मुख्यमन्त्री पद संकटमा

बागमती प्रदेश मन्त्रिपरिषद् दुई मन्त्रीमा सीमित


  • 1.5K
    SHARES
  • https://www.indrenipost.com/posts/531
    भदौ १७, २०७८ बिहीबार
    माधव नेपालको साथ छोडेपछि शाक्यको मुख्यमन्त्री पद संकटमा

    काठमाडौं । पार्टी विभाजनसँगै अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अलमलमा परेकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेकी त छैनन् नै, यसबीचमै एक मन्त्रीले राजीनामा दिएपछि थप समस्या झेल्नु परिरहेको छ ।

    मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री रहेका कृष्ण खनाल शर्माले राजीनामा दिएका हुन् । उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । उनको राजीनामासँगै प्रदेश सरकार दुई सदस्यीयमा सीमित भएको छ ।

    बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय केशवराज पाण्डेले सम्हालेका छन् भने अन्य सबै मन्त्रालय मुख्यमन्त्री शाक्य मातहत नै छ ।

    नेकपा एमालेका १२ जना सांसद्ले साथ छोडिसकेपछि भने मुख्यमन्त्री शाक्य मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने भन्ने दोधारमा छिन् । तर, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पाण्डे पार्टी नेतृत्वसँग छलफल गरेर केही दिनभित्रै सरकार विस्तार हुने बताउँछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij