आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

प्रदेश प्रमुख अस्वस्थ भएपछि वाग्मतीमा मन्त्रीको शपथ स्थगित


  • 892
    SHARES
  • https://www.indrenipost.com/posts/9684
    साउन १५, २०८२ बिहीबार
    प्रदेश प्रमुख अस्वस्थ भएपछि वाग्मतीमा मन्त्रीको शपथ स्थगित

    वाग्मती, १५ साउनः वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएपछि आजका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम स्थगन गरिएको छ ।
    प्रदेशप्रमुखको कार्यालयका अनुसार देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी आज बिहानै उपचारका लागि काठमाडौँ गएका छन । त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि मन्त्री शपथ समारोह स्थगन गरिएको जानकारी दिइएको छ ।
    मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री तथा गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरी प्रदेशप्रमुखसमक्ष शपथका लागि सिफारिस गरेका थिए ।
    प्रदेश सरकारको नयाँ मन्त्रिपरिषद् विस्तार शपथको पर्खाइमा रहेको बेला प्रदेशप्रमुख अस्वस्थ भएपछि कार्यक्रम अनिश्चित बनेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij