गल फोटोज तपाईंको फोटो र भिडियोको ब्याकअप लिनका लागि सबैभन्दा रुचाइएको क्लाउड स्टोरेज अप्सनमध्ये एक हो, विशेषगरी गुगल पिक्सेल फोन र अन्य एन्ड्रोइड प्रयोगकर्ताका लागि । यो प्लेटफर्मको उपयोग पुराना तस्बिर स्टोर गर्न र कुनै पनि डिभाइसको प्रयोग गरेर त्यसलाई जुनसुकै बेला एक्सेस गर्नका लागि गर्न सकिन्छ जसले तपाईंलाई आफ्नो गुगल अकाउन्टमा साइन इन गर्न दिन्छ ।
गुगल फोटोले अनुहार, स्थान, समय र अन्य थुपै्र एल्बम विकल्पको आधारमा फोटोलाई वर्गीकृत गर्ने गर्छ । यहाँसम्म कि तपाईंले गुगल फोटो एपबाट हटाएको फोटो र भिडियोलाई सधैंका लागि हटाउनु अघि ६० दिनसम्म ट्र्याश फोल्डरमा राखिन्छ, यस्तोमा ६० दिन अघि नै यो रिकभर गर्न सम्भव छ । यद्यपि, यो त्यतिबेला मात्रै सम्भव छ जब गुगल फोटो ब्याकअप र सिंक फिचर इनेबल भएको छ ।
१. एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याबलेट, आइफोन वा आइप्याडमा फोटो वा भिडियो रिस्टोर गर्नका लागि गुगल फोटोज एप्स खोल्नुहोस् ।
२. सबैभन्दा मुनी, लाइब्रेरीमा ट्याप गर्नुहोस् । ट्रयाश फोल्डरमा जानुहोस् ।
३. ती फोटो वा भिडियो खोज्नुहोस् जुन तपाईं रिस्टोर गर्न चाहनुहुन्छ । फोटो वा भिडियोलाई टच गरेर होल्ड गरेर राख्नुहोस् ।
४. सबैभन्दा मुनी, रिस्टोर अप्सन दबाउनुहोस् । फोटो वा भिडियोलाई फोनको ग्यालरी एप, गुगल फोटो लाइब्रेरी र त्यो एल्बममा फिर्ता लिएर जानुहोस् जसमा त्यो थियो ।
५. आफ्नो कम्प्युटरमा तपाईं फोटोज.गुगल.डटमा जान सक्नुहुन्छ ।
६. विन्डोको बायाँ पट्टी ट्र्याश फोल्डरमा क्लिक गर्नुहोस् ।
७. आफ्नो कर्सर ती फोटो र भिडियोमा राख्नुहोस् जसलाई तपाईं रिस्टोर गर्न चाहनुहुन्छ, त्यसपछि ‘सेलेक्ट’ मा क्लिक गर्नुहोस् ।
८. सबैभन्दा माथि दायाँतर्फ ‘रिस्टोर गर’ भन्नेमा क्लिक गर्नुहोस् । ती फोटो वा भिडियो तपाईंको गुगल फोटो अकाउन्टमा रिस्टोर हुनेछ र कुनै पनि एल्बममा फिर्ता हुनेछ ।