बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु


  • 640
    SHARES
  • https://www.indrenipost.com/posts/7641
    बैशाख १, २०८१ शनिबार
    पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

    पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

    स्थानीय समयानुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की सहरनजिकै ६ बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

    स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, “राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।”

    आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए । गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ ।

    “आक्रमणपछि कार सडकनजिकैको खाल्डोमा खस्दा दुईजनाको मृत्यु भएको होे,” उनले भने । नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले भने, “प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजीकार्य सुरु गरेका छन् । तर, आक्रमणकारी यसपटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।”

    बख्शले बन्दुकधारीले ‘बलोच पृथकतावादीको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए ।

    पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीले दशकौँ लामो विद्रोह गर्दै आएका छन् । लडाकुले विगतमा पाकिस्तानका अरू स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij