मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन


  • 262
    SHARES
  • https://www.indrenipost.com/posts/9747
    साउन २०, २०८२ मंगलबार
    बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

    मध्यविन्दु नवलपरासी,२० । साउन १९ गते सोमबार बिहानदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका –२ स्थित दाउन्ने पहाडमा पहिरो, हिलो र चिप्लोपन बढेसँगै पूर्वपश्चिम राजमार्गअन्तर्गतको यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
    जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्व का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार वर्षा नरोकिएकाले पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास सफल हुन सकेको छैन । “पहिरोसँगै चिप्लो सडकका कारण उकालोमा गाडी चलाउन सकिने अवस्था छैन,” उनले भने, “विशेषगरी दाउन्नेको विश्वकर्मा मन्दिर नजिकैको निर्माणाधीन पुलको छेउमा राजमार्ग भासिएपछि समस्या झन् जटिल बनेको छ ।”
    सोमबार ‘ग्राभेल’ राखेर अस्थायी रूपमा बाटो खुलाउने प्रयास गरिए पनि हिलोले भरिएको सडकमा गाडीहरू फसेका छन् । गाडी निकाल्न नसक्दा सवारी र यात्रुहरू बाटैमा अलपत्र परेका छन् ।
    दाउन्ने पहाडको कटान गरेर सडक विस्तार गरिएको स्थानमा सामान्य वर्षामा समेत सडकमै हिलो र पहिरोले अवरोध हुने गरेको स्थानीयवासीले बताएका छन् ।
    सडक बन्द भएको २४ घण्टासम्म सयौँ यात्रु र सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् । सडक यथाशीघ्र सञ्चालनमा ल्याउन डोजर परिचालन गरिएको भए पनि निरन्तरको वर्षाले काममा कठिनाइ भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij