मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

बागमतीमा मन्त्रीपरिषद् विस्तार आठ नवनियुक्त मन्त्रीले गरे शपथग्रहण


  • 334
    SHARES
  • https://www.indrenipost.com/posts/9743
    साउन २०, २०८२ मंगलबार
    बागमतीमा मन्त्रीपरिषद् विस्तार आठ नवनियुक्त मन्त्रीले गरे शपथग्रहण

    बागमती, २० साउनः बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा गठित मन्त्रिपरिषद्का आठ सदस्यले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएपछि मुख्यमन्त्री बानियाँले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी एमालेका छ जना र नेपाली कांग्रेसबाट दुई जना गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
    एमाले कोटाबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकासमन्त्री, डा.दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।
    यस्तै, कांग्रेसको भागबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीको जिम्मेवारीमा नियुक्त भएका छन् ।
    शपथग्रहण कार्यक्रम आज प्रदेश प्रमुखको कार्यालयमा सम्पन्न भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij