यो त स्पष्ट भैसकेको छ कि समुच्च पृथ्वी सू्चनातरंगहरुद्वारा घेरिइसकेको छ । यसका आवृत्ति, गति र विविधता बढ्दै गइरहेका छन् । यो केवल एउटा प्राविधिक घटना मात्र नभएर बढीभन्दा बढी सामाजिक घटना बन्दै गइरहेको छ । यी सबैभन्दा बढी मानसिक घटना हुन्, जसले सम्पूर्ण मानवचेतनामाथि अभूतपूर्ण प्रभाव पारिरहेको छ । र, त्यसलाई गुणात्मक रुपले बदलिरहेको छ ।
यी घटनाहरुबाट दर्शनमा संकट उत्पन्न भएको छ । माक्र्सवादी दर्शनसहित सबै दर्शनहरु, विचारहरु र चिन्तनका मूल प्रस्थापनाहरुमाथि प्रश्नचिन्ह लागेको छ । जुन स्थायी र स्वयंसिद्ध थिए । ती प्रस्थापनाहरु यात गलत सिद्ध हुँदै गइरहेका छन् या विवादको विषय बन्दै गइरहेका छन् । नयाँ घटनाहरुको व्याख्या गर्नमा आधुनिक दर्शन क्रमशः अपर्याप्त र असफल सिद्ध भइरहेका छन् ।
माक्र्सवादी चिन्तन विशेष रुपले गम्भीर संकटमा फसेको छ । किनभने यो वैज्ञानिक र भौतिक आधारहरुमा विकसित भएको हो । र, स्वयं यसको स्वरुप वैज्ञानिक छ । यसलाई सबभन्दा वैज्ञानिक मानिंदै आएको छ , किनभने यसको दर्शन भौतिकवादी र अध्ययन तथा अवलोकनको तरीका द्वन्द्ववादी रहेको छ । यसले हरेक वस्तु, घटना र प्रक्रियाका किन, कसरी, कहाँ, कहिले इत्यादि खोज्ने प्रयत्न गर्दछ । यही कारण हो कि यो पछि ऐतिहासिक भौतिकवाद वा इतिहासको भौतिकवादी अवधारणा विकसित गर्न सफल भयो । माक्र्सवाद औद्योगिक युगको सबभन्दा वैज्ञानिक र द्वन्द्वात्मक दर्शन वा चिन्तन थियो । तर यो इतिहासको ठूलो विडम्बना नै हो कि यही माक्र्सवाद द्वन्द्वात्मकताको आफ्नो दावीको बावजुद विज्ञान, प्रविधि र इतिहासको महत्वपूर्ण चरणमा औद्योगिक समाजको उदयकालमा, नवप्राविधिक क्रान्तिको उदय र विश्वव्यापी बन्ने युगमा परिवर्तनहरुलाई बुझ्न र तिनीहरुको सार ग्रहण गर्न असफल भयो । यसले न वैज्ञानिक प्राविधिक क्रान्तिको अनुमान लगाउन सक्यो न त्यसलाई बुझ्न नै सक्यो । यसलाई सामाजवादी विश्वमा यी प्राविधिक सूचना र सामाजिक परिवर्तनको आज पनि विश्लेषण गनै सकेको छैन । न विशेष प्रयत्न नै गरिरहेको छ । जब हामी माक्र्सवादी दर्शन र चिन्तनमा संकटको कुरा गर्दछौं, तब इतिहासको मोडमा यसको यही असफलताको कुरा गर्दछौं ।
क्वाण्टम क्रान्ति र दर्शनमा संकट
२० औं शताब्दीको आरम्भमा जन्मिएको क्वाण्टम भौतिक विज्ञानले विज्ञानको रुप पूर्णनया बदलेको छ । क्वाण्टम खोजहरु विज्ञानका सम्पूर्ण इतिहासका सबभन्दा ठूला खोजहरु सिद्ध भइसकेका छन् । यी खोजहरुको परिणाम वा प्रभाव यति गहन छन् कि अहिले तिनीहरुको सम्पूर्ण अनुमान लगाउन असंभव हुन्छ । तर तिनीहरुले निश्चित रुपमा समाज र दर्शनमा मूलभूत परिवर्तन ल्याइदिएका छन् ।
क्वाण्टम विज्ञानका खोजहरु र अवधारणाहरु विश्व, ब्रह्माण्ड, वास्तविकता र चेतनाको बारेमा स्थापित विचारहरु तथा अवधारणाहरुमा निश्चित रुपले आमूल परिवर्तन गरिरहका छन् । आज विज्ञान लगातार आश्चर्यजनक खोजहरु गरिरहेको छ । आश्चर्यजनक नयाँ सिद्धान्तहरु पेश गर्दै गइरहको छ । यो परम्परागत ज्ञानसँग मेल खाँदैन । यसका अवधारणाहरु हम्रो सामान्य ज्ञानको विपरीत छन् ।
क्वाण्टम विज्ञानमा आधारित माइक्रोइलेक्ट्रोनिक प्रविधिले हामीलाई नयाँ वास्तविकताहरुलाई हेर्न, बुझ्न र त्यसमा प्रवेश गर्न सहायता गर्दछ । यी नयाँ प्रविधि, यन्त्र तथा तरिकाहरु विश्लाई नयाँ ढंगले हेर्ने र बुझ्ने माध्यम बन्दै गइरहेका छन् । कम्प्युटर क्रान्तिले हाम्रो चिन्तन प्रक्रियामा तथा जीवनलाई गहिरोसँग प्रभावित गरेको छ । सामाजिक जीवन अब प्राकृतिक पदार्थका अति सूक्ष्म र त्यति नै प्रभावकारी शक्तिहरुको प्रयोगमा आधारित र पुनर्गठित तथा पुननिर्मित हुँदै गइरहेको छ । क्वाण्टम क्रान्तिले हामीलाई नयाँ समाजमा लिएर गइरहेको छ ।