मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

कोशी र मधेसका केही स्थानमा वर्षाको सम्भावना, लुम्बिनी–सुदूरपश्चिममा भारी वर्षाको चेतावनी


  • 451
    SHARES
  • https://www.indrenipost.com/posts/9738
    साउन २०, २०८२ मंगलबार
    कोशी र मधेसका केही स्थानमा वर्षाको सम्भावना, लुम्बिनी–सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

    काठमाडौँ, २० साउन – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा आज कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ  ।
    विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा आकाश बदली रहनेछ भने कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ  । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ  ।
    यस्तै, आज राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ  । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा राति पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ  ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij