गाईघाट उदयपुर, २० साउनः उदयपुरगढी गाउँपालिका –७ स्थित मदन भण्डारी मार्गको जोगीपोखरीमा सोमबार साँझ ट्रक दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रकले ठक्कर दिँदा गोठालोबाट घर फर्कंदै गरेका रौतामाई गाउँपालिका –७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिएका छन ।
दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक –४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनी हाल जिल्ला अस्पतालमा उपचाररत छन् ।
प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक, बनेपा–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको जनाएको छ ।