आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

अछाममा करेन्ट लाग्दा एकको मृत्यु, पाँच घाइते


  • 253
    SHARES
  • https://www.indrenipost.com/posts/9864
    साउन ३१, २०८२ शनिबार
    अछाममा करेन्ट लाग्दा एकको मृत्यु, पाँच घाइते

    अछाम, ३१ साउनः अछाममा झण्डा गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
    बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमी मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा झण्डा गाड्ने क्रममा फलामे डन्डा विद्युत् लाइनमा छुँदा दुर्घटना भएको हो ।
    करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडाका १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।
    घाइते बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको उपचार सोही अस्पतालमा भइरहेको छ ।
    प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij