शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

“१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ताबाट नेपाल भित्रिँदै”


  • 262
    SHARES
  • https://www.indrenipost.com/posts/9858
    साउन ३१, २०८२ शनिबार
    “१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ताबाट नेपाल भित्रिँदै”

    काठमाडौँ, ३१ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपाल भित्र्याउने कार्य जारी रहेको जनाएको छ ।
    कर्पोरेशनले हालै ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी आयात गरी कूल १५ लाख २३ हजार बोरा मल नेपाल ल्याउन लागेको हो । गोदाममा आइपुग्ने मल प्रदेश सरकारलाई कोटा वितरणका लागि पत्राचार गरिएको र प्रदेशमार्फत पालिकामा कोटा वितरण भइसकेको जानकारी पनि संस्थाले दिएको छ ।
    शुक्रबार जारी विज्ञप्तिमा कर्पोरेशनले मल विक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरलाई आफ्नो पालिका तथा सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसार बिक्री–वितरण गर्न आग्रह गरेको छ ।
    हाल बजारमा मलको अभाव भएको समाचार तथा सामाजिक सञ्जालमा फैलिएका पोस्टप्रति कर्पोरेशनले ध्यानाकर्षण भएको जनाउँदै पर्याप्त मात्रामा मल नेपाल भित्रिरहेको स्पष्ट पारेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij