सन २०२१ म अमेरिकामा वित्तीय सङ्कट परेका बेला अमेरिकी सरकार सँग बढी पैसा स्टिभ जब्सले स्थापना गरेको एप्पल कम्प्युटरसँग थियो । अनि सन् २०१२ को मार्च महिनामा यो कम्पनीमा वचत रकम १ खर्ब डलर थियो । कुनै कम्पनीमा यति धेरै बचत हुनु एउटा ऐतिहासीक र्कीतिमानको कुरा हो । एप्पल कम्पनीका निर्देशकहरु नयाँ मुख्य कार्यकारी टिम कुक यति धेरै पैसा जम्मा भएको मा खुसी थियनन्, बरु यति धेरै पैसा जम्मा भएकोमा आत्तिएका थिए ।
आखिर यो सबै स्टिभको दूरदर्शी रणनीतिका कारण र उनले रोपेको सोचको विउका कारण भएको थियो ।
यति धेरै पैसा आखिर यो कम्पनिसँग कसरी भयो ? एप्पल कम्पनीको आम्दानीको स्रोत के हो ? कसरी यो कम्पनीले पैसा कमाउँछ ?
यो प्रश्न जति सरल छ उति नै महत्वपुर्ण पनि छ
एप्पलले आइफोन, आइप्याड , म्याकिन्टोस कम्प्युटरहरु, ल्यापटप र आइप्याडहरु जस्ता हार्डवेयर सामान वेचेर पैसा कमाउँछ । यसबाट आउने पैसा निकै नै कम हुन्छ । वार्षीक रुपमा २४ अर्ब डलरको नाफा एप्पल कम्पनीले कमाइरहेको हुन्छ ।
अर्कोतिर एप्पलले आइट्युन्समार्फत गीतहरु बेच्छ, भिडियो र फिल्महरु ब्ेच्छ । अनि त्यहिँबाट आइफोन र आइप्याडका लागी रमाइला एपहरु ब्ोच्छ । आइबुकमार्फत बिताब बेच्छ । यसले एप्पलको अपरेटिङ सिस्टम,मोबाइल अपरेटीङ सिस्टम पनि बनाँछ र महत्वपुर्ण त म्याकिन्टोस कम्प्युटरमा उपयोग हुने कैयौँ उपयोगी एप्लिकेशनहरु बनाउँछ र त्यो बेच्छ । एप्पलले आइएड भन्ने विज्ञापन एजेन्सी पनि चलाँउछ । त्यहाँ बाट ठुलो रकम आर्जन गर्छ । माथीका यी सबै चिजहरु एप्पलको इकोसिस्टमले झैँ काम गर्दछन । लोभलाग्दा सफ्टवेयरले हार्डवेयर बिक्री बढाउँछ । हार्डवेयरको बिक्रीले पुन ;सफ्टवेयरहरु बिक्री गराउँछ । त्यसैले कुनै मानिस संग आइपड छ भने आक्ष्फोन आउने बित्तिकै किन्न हतार गर्छ । आइपोन भैकन पनि आइप्याड किन्छ ।
सबै भन्दा महत्वपुर्ण कुरा चाहिँ एप्पलले भविष्यमा के चल्छ भन्न्ो कुरा अगाडी नै आँकलन गरीसकेको हुन्छ । उसले त्यसमा अनुसन्धान खोज गर्न थालिहाल्छ ।
एप्पलले आफ्नो सामान हरुलाई बढि आबर्षक र किनुँ किनुँ लाग्ने बनाउन का लागी यसभित्र कन्टेन्ट,एप्लिकेशन,वेब सुबिधाहरु र सफ्टवेयर उम्दा बनाँउछ । यी सबैले हार्डवेयरहरु किनुँ किनुँ मात्र लाग्दैन,तुलनात्मक रुपमा बढी बिक्री हुने वातावरण तयार पारी दिन्छ । त्यसैले उस्ले नयाँ नयाँ कुराहरुमा लगानी गरिरहेको हुन्छ । जस्तो उसले .ं केही समयअघि आइक्लाउड नामक सेवा घाृषना ग¥यो । आइक्लाउडको आपर्षक सुविधाका कारण अहिले पुन आईफोन,आइप्याड,म्याकिन्टोस कम्प्युटरहरुको बिक्री बढ्न थालेको छ ।
समग्रमा एप्पलको कमाइ भनेको ठुलो नाफाको मार्जीन हुने आइफोन,आइप्याड,म्याकिन्टोस र आइपड नै हुन् र तिनको बिक्री बढाउनका लागि अन्य सहायक कुराहरुमा यसले ठूलो लगानी गर्ने गर्दछ । र त बन्छ,एप्पलजस्तो संसारकै धनि कम्पनी !