सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

राष्ट्रियताको सवाल र तत्कालै गर्नुपर्ने ६ तयारी

  • 159.6K
    SHARES
  • https://www.indrenipost.com/posts/249
    जेठ १०, २०७७ शनिबार
    राष्ट्रियताको सवाल र तत्कालै गर्नुपर्ने ६ तयारी

    राष्ट्र भनेको भाषा, संस्कृति, भूगोल, राजनीति, जाती, धर्म, आध्यात्म, इतिहास र अर्थतन्त्रसहितको मानिसहरुको एकीकृत बृहत समूह हो । हरेक राष्ट्रका नागरिकलाई आफ्नो राष्ट्र प्राणभन्दा प्यारो लाग्छ । राष्ट्रले सम्बन्धित भूगोलमा बस्ने मानिसको आत्मा ब्यक्त गर्छ । त्यसैले राष्ट्र भनेकै कुनै निश्चित भूगोलमा बस्ने जनता हो । हामी प्राकृतिक हिसाबले निकै धनी र भाग्यमानी छौं । ऐतिहासिक हिसाबले स्वाभिमानी र निडर छौं । नेपालीको गौरवमय इतिहासमा बेलाबखत सीमा विवाद हुने गरेको छ । मूलतः सुगौली सन्धि र सन् १९५० को भारत नेपाल सन्धिपछि उत्पन्न विवादहरुले हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानमाथि आघात हुने गरेको छ । नेपालको राजनीतिक इतिहासमा यी विषयहरु लामो समयदेखि बहसको विषय बनिरहेको छ । यसै बीचमा कोशि, गण्डकी, महाकालीजस्ता सन्धि–सम्झौता भए । यसरी फेरि विवाद र बहसका नयाँ विषय थपिए । यसै परिदृश्यमा नेपाल र भारतको बीचमा सीमा विवाद निरन्तर भैरहेको छ । दिर्घकादिन समाधान के हुन्छ ? यो सीमा विवादको मुल विषय हो ।

    लिपुलेख र लिम्पियाधुरासहितको नेपाली भूभागसमेटेर भारतले राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले पनि त्यो भूमि आफ्नो भएको दाविसहित नक्शा सार्वजनिक गरेको छ । यो निर्णयले अब निष्कर्ष विहिन परिस्थितिलाई निष्कर्ष ननिकालि नहुने परिस्थितिमा परिणत गरेको छ । यो सरकारको साहसिक र ऐतिहासिक निर्णय पनि हो । नेपाल र भारतको तुलना नै नहुने जुन भारतको हेपाह चिन्तन र दम्भ छ, रोटि र वेटिको सम्बन्धको नाममा भारतको प्राधिकार मान्नु पर्ने जुन तर्क छ, रगतको सम्बन्धको नाममा भारत ठूले दाइ हो भन्ने गलत मनसाय छ । भारतीय मिडियाहरुले भारतसँग नेपालको तुलना हुनै नसक्ने भनेर प्रचारबाजी गरिरहेका छन् । यो भारतको अहंकार दुनियाले हेरिरहेको छ । यसले नै डक्ट्रिनअनुसार सिक्किम बनाउने, नभए सन्धि र सम्झौता मार्फत भारतको अधिनमा राखिरहने दुरासय व्यक्त हुन्छ । त्यसैले निर्णय कार्यान्वयन गर्न बृहत् तयारी गर्नु पर्ने देखिन्छ ।

    Nepal-new-map.jpg

    के र कस्तो तयारी गर्नु पर्ला ?

    १. प्रधानमन्त्री वा परराष्ट्रमन्त्री स्तरीय दुई पक्षिय वार्ता तुरुन्तै गर्नु पर्ने देखिन्छ । योभन्दा तल्लो स्तरको वार्ताले समाधान निस्किने अवस्था छैन । त्यो समयको वर्वादि मात्रै हो ।

    २. भारतले सजिलै यो विषय स्विकार्दै।त्यसकारण हामीले हाम्रो तयारीका लागि ठोस प्रमाणहरु संकलन गर्ने, अन्तर्रा्ष्ट्रिय समुदायसँग कुटनीतिक पहल र संवाद गर्ने र आवश्यक तयारीमा बस्नु पर्ने हुन्छ ।

    ३. हाम्रो अर्थतन्त्र आयातमा आधारित अर्थतन्त्र भएकाले तत्काल कृषि क्षेत्रमा उत्पादन आन्दोलन नै चलाउनु पर्ने हुन्छ । नेपालमा अहिले १५० भन्दा बढी कम्पनी भारतले नै सञ्चालन गरिरहेको छ । नेपाली मुखौटाका कम्पनी पनि भारतीय लगानीमा सञ्चालित भएको हुँदा निर्णयले मात्र दिर्घकालिन समाधान हँुदैन । त्यसको लागि राष्ट्रिय अर्थतन्त्र निर्माण अनिवार्य हुन्छ ।

    ४. नागरिकको प्रतिव्यक्ति आय, साक्षरता दर, औसत आयु र प्रतिरक्षा प्रणालिको आधारमा कुनै पनि देशको हैसियत निर्धारण हुने भएकाले अहिलेदेखि नै योजनाबद्ध राष्ट्रिय अर्थतन्त्र निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रतिरक्षा प्रणाली बलियो बनाउनु पर्ने हुन्छ ।

    परमाणु बम, मिसायल र प्रतिरक्षा प्रणाली

    अमेरिकालाई रोक्ने परमाणु बम, कम्तीमा भारतको दिल्लीसम्म मारहान्न सक्ने मिसायल र प्रतिरक्षा प्रणालीको विकास वर्तमान नेपालको आवश्यकता हो । हाम्रो सार्वभौमिकताको दिर्घकालिन रक्षाको लागि अहिले ६ विषयको तयारी अनिवार्य बनेको छ ।

    १) दृष्टिकोणको सवालस

    हरेक व्यक्ति, समाज र राष्ट्रका आफ्ना दृष्टिकोणहरु हुन्छन् । वर्गीय दृष्टिकोण र राष्ट्रिय दृष्टिकोण । यी दृष्टिकोणको आधारमा व्यक्ति, समाज र राष्ट्र समृद्ध र सुखि हुन्छन् । हाम्रो दृष्टिकोण पनि बहुसंख्यक र उत्पिडितहरुको कल्याणका लागि हुनुपर्दछ । यसैको आधारमा नीति तथा कार्यक्रम निर्माण र सञ्चालन हुनुपर्दछ । राज्य सञ्चालको दृष्टिकोण वर्गीय, प्रत्यक्ष जनसहभागितामुलक र बैज्ञानिक हुनुपर्दछ । राष्ट्र र राष्ट्रियताको सवालमा आत्मनिर्भर, स्वाभिमानी, स्वाधीन र अक्षुण–अखण्ड हुनुपर्दछ ।

    २) संगठनको सवालस

    हरेक राष्ट्रको अस्तित्व रक्षाका लागि संगठित शक्ति अनिवार्य हुन्छ । जसरी अलग–अलग फूलहरु माला हुन सक्दैनन् । त्यसरीनै संगठित, बलियो, अनुशासित दक्ष संगठनबिना कुनै पनि राष्ट्रले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न सक्दैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक संगठन र अन्य सामाजिक संगठन राष्ट्रका बलिया संगठन हुन् । यी संगठनभन्दा बाहिर असंगठित युवाहरु पनि छन् । यी सबैलाई संगठित गरि बलियो र दक्ष संगठन बनाउनु पर्ने अवस्था सृजना भैसकेकोछ । किनभने भारतले आफुसँग १४ लाख सेना भएको र नेपालसँग कुनै तुलना हुनै नसक्ने भन्नु नेपालको अस्तित्व अस्विकार गर्नु नै हो । यसकारण नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक र साहसिक छ । तर इतिहासमा सही निर्णय हुँदा पनि आवश्यक तयारी नपुग्दा ठूलो क्षति भएको इतिहास पनि छन् ।

    ३) अर्थतन्त्रको सवालस

    सर्वप्रथमस राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु पर्नेछ । किनकि अहिलेको नवउपनिवेशको मुख्य चरित्र भनेको अर्थतन्त्र हो । अर्थतन्त्र भनेको रगत हो । रगत भएन भने शरिर ढल्दछ । अहिले नेपालको अर्थतन्त्र भारतको नियन्त्रणमा छ । नेपाली शरिरका भारतियहरुले नेपालीको अर्थतन्त्र खोक्रो बनाएका छन् । यो दलाल चरित्रको अर्थतन्त्रलाई विस्थापित गर्न प्रत्येक वडा पालिकाहरुमा उत्पादन विर्गेड (विभाग) अनिवार्य निर्माण गर्नुपर्ने हुन्छ । साथै सबै प्रकारका संरचना र विभाग बनाउनु पर्ने हुन्छ । यसरी गरिएको योजनाबद्ध र संगठित उत्पादन विभागले मात्र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न र दलाल पँुजीलाई विस्थापित गर्नस क्छ । अबको अर्थतन्त्रको आधार संगठित समुदाय हुन्छन् । यो प्रत्यक्ष जनसहभागितामुलक र समुदायको स्वामित्वमा हुन्छ । यसमा उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिले काम गर्दछ, जसले प्रचुर उत्पादन सम्भव बनाउँदछ ।

    ४) सेनाको सवालस

    आजको युगको सेनाको मेरुदण्ड परमाणु हतियार, अन्तर–देशीय क्षेप्यास्त्र र प्रतिरक्षा प्रणाली हो । जल, स्थल र हवाई क्षेत्रको युद्धकलामा त्रिपूर्ण निपुर्णता हो । यदि यी ३ साधन कुनै पनि देश र सेनासँग छैन भने त्यो सेना शक्ति सन्तुलनका लागि अयोग्य ठहर्दछ र कुनै पनि वार्ता र युद्ध विजय हुने कुरा असम्भव हुन्छ । त्यसैले यी ३ वटा साधनको तीव्र तयारी गर्नु पर्ने हुन्छ । यी साधन राष्ट्रिय स्वाधीनता र स्वाभिमानका अभिन्न अङ्ग हुन् । हाम्रो जस्तो भू–राजनीति भएको देशमा यी साधनको तयारि विना बस्नु फेरि पनि दुई ढुङ्गा विचको तरुलनै हुनु हो ।

    ५) जनताको सवालस

    जनता आर्थिक, प्राविधिक र मनोवैज्ञानिक रुपले बलियो हुनु पर्दछ । जुन देशले आफ्ना जनता रोजगारिको लागि अरु देशको दैलो कुर्नु पर्ने अबस्थाबाट मुक्त गराएका छन्, आफ्नै देशको उत्पादन र राष्ट्रिय सुरक्षामा जोडेका छन् ती देशहरु समृद्ध, सुखि र शक्तिशाली छन् । यसकारण अर्काको देशमा भिख माग्नु पर्ने अबस्था जबसम्म अन्त्य हुँदैन, तबसम्म जनता मनोवैज्ञानिक हिसाबले बलिया हुँदैननन् । त्यसका लागि जनतालाई राष्ट्रिय उत्पादनमा जोड्नु पर्ने हुन्छ । रेमिट्यान्स आउँछ भनेर गर्व गर्ने प्रवृतिलाई अन्त्य गर्नु पर्ने हुन्छ । जनतालाई राष्ट्रिय उत्पादन र राष्ट्रिय सुरक्षामा जोड्नु पर्ने हुन्छ ।

    ६) परराष्ट्र नितिको सवालस

    आजको विश्व बहुधुर्विय विश्व हो । हाम्रो परराष्ट्र नीति असंलग्न एवं तटस्थ नीति भनिएकोछ । यसको अर्थ कुनै पनि देशहरुको विवाद तथा युद्ध भएमा मत जाहेर नगर्ने भन्ने हुन्छ । तर हाम्रा नेपालीहरु भारतको पक्षमा र पाकिस्तानको विरुद्धमा लडिरहेका छन् । वेलायत र अमेरिकाको पक्षमा र इराक, सिरिया तगायतका देशहरुको विरुद्धमा लडिरहेका छन् । यसरी हेर्दा अन्तर्राष्ट्रिय समुदायले हाम्रो कस्तो मूल्यांकन गरिरहेका होलान ? कसरी हामी असंलग्न र तटस्थ छौ ? यसकारण परराष्ट्र नीति फेर्नु पर्ने हुन्छ । अब असंलग्न र तटस्थ परराष्ट्र नीति होइन कि समानता र व्यहारको आधारमा परराष्ट्र नीति तय गर्नु पर्ने हुन्छ । भारतले हाम्रो जमिन र रगत दुबै खाने हामी भने असंलग्न, तटस्थ र सन्तुलित परराष्ट्र नितिको रटान गरेर बस्ने हो भने स्थिति फेरि पनि भयावह हुने निश्चित छ ।

    हामी २१ औ शताब्दीको सभ्यताको युगमा छौं । तर नेपालको अर्थतन्त्र, संस्कृति र राज्यव्यवस्थाको आधार पुरानै छ । वर्तमान युगको मुख्य विषय विज्ञान–प्रविधि हो । विज्ञान–प्रविधिको उपयोगबिना अब कुनै देश वा समुदायको प्रगति हुन सक्दैन । त्यसकारण नेपालको पहिचानलाई विज्ञान–प्रविधिको जगमा उठाउन आवश्यक छ । आजको युगमा यसरी भारतबाट या अरु कुनै देशबाट हेपिने कुरा मान्य हुँदैन । तर भावनाले मात्र राष्ट्रियता जोगाउन सकिंदैन भन्ने कुरालाई पहिला वर्तमान सरकारले बुझ्नुपर्दछ । आत्मनिर्भर, स्वाधीन र स्वाभिमानी राष्ट्र निर्माणका लागि सबै प्रकारका तयारीमा आजै देखि जुटाै‌ं । सरकार र जनताबीच चट्टानी एकता भयो भने विजय अनिवार्य छ ।

    (लेखक नेकपाका युवा नेता हुन् । उनी वैज्ञानिक समाजवादी विचारधाराका पक्षमा कलम चलाउँदछन् ।)

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij