शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

"कमरेड प्रचण्डलाई समाजवादी क्रान्ति हेरेर हैन, गरेर मर्ने अवसर आएको छ"


  • 31.3K
    SHARES
  • https://www.indrenipost.com/posts/492
    पुष १७, २०७७ शुक्रबार
    "कमरेड प्रचण्डलाई समाजवादी क्रान्ति हेरेर हैन, गरेर मर्ने अवसर आएको छ"

    प्रचण्ड कमरेड संसद पुनस्थाना मात्र हैन, सडकबाट समाजवादी क्रान्तिको उद्घोष गर्ने उचित समय पनि यही हो । तपाईलाई समाजवादी क्रान्ति हेरेर हैन, गरेरै मर्ने अवसर आएको छ ।

                                                   ............................................

    वर्तमान युग समाजवादी क्रान्तिको युग हो । विज्ञान–प्रविधिको क्षेत्रमा भएको असाधारण क्रान्तिले समाजावादलाई काल्पनिकबाट यथार्थमा बदलिदिएको छ । नेपालको हकमा समाजवादउन्मुख व्यवस्थाको परिकल्पना संविधानमै गरिएको छ । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर त्यो परिकल्पनालाई व्यवहारिक प्रयोगमा ल्याउने परिवेश निर्माण गरिदिएका छन । प्रचण्ड–माधव नेतृत्वको नेकपालाई ओलीको प्रतिगमनले समाजवादी क्रान्तिको उद्घोष गर्ने अवसर आएको छ । यो अवसरलाई पक्रन सक्छ कि सक्दैन समाजवादी क्रान्तिको कार्यदिशा बोकेर राजनीति गरिरहेको नेकपाका लागि यक्ष प्रश्न हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको जननिर्वाचित प्रतिनिधिसभा पुनस्थापना हुने एउटै संभावना सर्वोच्च अदालतको फैसला हो । सर्वोच्च अदालतले सरकारकै निर्णय सरदर गरिदियो भने संसद पुनस्थापनाको संभावना पूर्ण रुपमा समाप्त हुन्छ । सर्वोच्चको फैसला जे आएपनि स्वीकार गर्ने कुरा सबै राजनीतिक दलले गरेकै छन् । त्यसो भयो भने संसद पुनस्थापनाका लागि गरिएको सडक आन्दोलन त्यही टुंगिने छ र अफ्टेरो मान्दै भएपनि, लाजै पचाएर भएपनि हुँदैन भनिएको चुनावको तयारीमा लाग्नुपर्ने हुन्छ । यसले नेकपाका नेता कार्यकर्ताको आत्मबल त कमजोर बनाउँछ नै साथै समाजवादी आन्दोलन पनि जबरजस्त पछाडि धकेलिने छ । यो ठूलो विडम्बना बन्ने छ ।

    हरेक संकटभित्र नयाँ संभावना पनि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेर देशलाई प्रतिगमनको बाटोमा लगेका छन । यो नेपालको कम्युनिष्ट आन्दोलनको ७० वर्षको यात्राकै अधेरो पाटो हो । तर न्यायप्रेमी जनसमुदायका लागि, आाम नागरिक समाजका लागि, सम्पूर्ण वामपन्थका लागि, सम्पूर्ण समाजवादी व्यवस्थाका पक्षधरहरुका लागि अब यो अधेरोभित्र उज्यालो खोज्नुको विकल्प छैन । यो अधेरोभित्र उजेको खोजी केबल संसद पुनस्थापनाका लागि संघर्ष गरेर मात्र हुँदैन । यतिवेला समाजवादी क्रान्तिको सपना बोकेर हिड्नुभएको प्रचण्ड कमरेडले संसद पुनस्थापना मात्रै आन्दोलनको इस्सु बनाउनु ठूलो भुल हुने छ ।

    यही व्यवस्थामा तपाई (प्रचण्ड) दुई पटक प्रधानमन्त्री भइसक्नुभयो । २०६४ को निर्वाचनमा माओवादीलाई जनताले विशाल पार्टी बनाइदियो । तपाई त्यसको प्रधानमन्त्री हुनुभयो । तर तपाईलाई यो व्यवस्थाले गरिखान दिएन । दोस्रो पटक यही ओलीले धोका दिएपछि तपाई कांग्रेससँग मिलेर प्रधानमन्त्री हुनुभयो छोटो समयका लागि । अब फेरि संसद पुनस्थापना गरेर केही समयका लागि तपाई या माधव नेपाल प्रधानमन्त्री हुनु होला । केही गर्न नसकिने यही व्यवस्थामा जति पटक प्रधानमन्त्री भएपनि देशको मुहार फेरिन्छ भनेर विस्वास गर्न सकिने कुनै आधार छैन । त्यसकारण प्रचण्डक कमरेड फेरि पनि तपाई नै प्रधानमन्त्री या राष्ट्रपति बन्नुस् तर प्रत्येक्ष जननिर्वाचित राष्ट्रपति बन्नुस् । त्यसका लागि यो संसद पुनस्थापना गरेर मात्र किमार्थ हुँदैन, समाजवादका लागि मार्गचित्र बनाएर यही वेला संघर्षको मैदानमा आउनु पर्छ । तपाईका लागि यो निकै दुर्लभ अवसर हो । तपाईले धेरै पटक भन्ने गर्नुभएको छ, 'मलाई समाजवादी क्रान्ति हेरेर मर्ने रहर छ ।'   प्रचण्ड कमरेड संसद पुनस्थाना मात्र हैन, सडकबाट समाजवादी क्रान्तिको उद्घोष गर्ने उचित समय पनि यही हो । तपाईलाई समाजवादी क्रान्ति हेरेर हैन, गरेरै मर्ने अवसर आएको छ ।

    नबस्नु चिसो सडकमा ६५ कटेको उमेरमा बसिसक्नुभयो । यदि केपी ओलीले यसो नगरेको भए चुनावमा भोट माग्न बाहेक तपाईहरु जनतासँग जानुपर्ने नै थिएन । तपाईहरुलाई समाजवादी क्रान्तिका लागि जनतासँग अपिल गर्ने मौका नै आउने थिएन । सायद तपाईको समाजवादी क्रान्ति हेरेर मर्ने सपना फगत सपना मात्र बन्ने थियो । तर प्रचण्ड कमरेड तपाईलाई केपी शर्मा ओलीले संसद नै विघटन गरिदिएर त्यो अवसर दिनुभएको छ ।

    यतिवेला अरु पार्टीले समाजवादी क्रान्तिका लागि प्रयत्न गरेर तत्कालै देशमा आधिवेहरी आइहाल्ने देखिन्न । विप्लब, किरण र आहुति कमरेडहरुले मात्रै ओलीको यो कदमलाई समाजवादी क्रान्तिमा बदल्न प्रयत्न गर्दा आउने परिणामभन्दा तपाईहरुसहित (प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहितको नेकपा) को यो लिडरसिपले आट्दा समावादी क्रान्तिको आँधिबेहरी आउँछ । यो आन्दोलनले टुटेफुटेका कम्युनिष्टहरुलाई एकीकृत पनि गर्नेछ । अन्तराष्ट्रिय जाति हुने कम्युनिष्ट आदर्शमा एउटै देशमा सय थरीका कम्युनिष्ट समूह बनेर पुग्न सकिन्न ।

    प्रचण्ड–माधव नेतृत्वको नेकपासँग अहिले नै विशाल पार्टी छ । राजनीतिक आन्दोलनबाट खारिएका नेता कार्यकताहरु छन् । पञ्चायत विरुद्ध लडेका नेताहरुको टिम छ । १० वर्षे जनयुद्ध लडेका नेता कार्यकताको टिम छ । केन्द्रदेखि गाउँसम्म मजबुद संगठन छ । लाखौं नेता कार्यकर्ता भएको प्रचण्ड–माधव नेतृत्वको नेकपाका सबै नेता कार्यकर्ताहरु केपी ओलीजस्तो समाजवादको विरोधी पनि छैनन । माधव नेपाल र झलनाथ खनालले पनि नेकपाको अबको राजनीतिक बाटो समाजवादी व्यवस्थाका लागि तयारी गर्नु हो भनेर सार्वजनिक रुपमै बोल्नुभएकै छ । यो संगीन घडिमा तपाईहरुको संयुक्त लिडरसिपले आँट्नु पर्छ । अब प्रतिनिधिमुलक संसदीय व्यवस्था, प्रतिनिधिमुलक निर्वाचन प्रणाली असफल भयो । यसलाई समाजवादी क्रान्तिको आधिहुरीबाट मात्र खारेज गर्न सकिन्छ । अब प्रतिनिधिमुलक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणाली स्थापना गर्न सबै बामपन्थहरु, सबै समाजवादीहरु एकीकृत बनौं भनेर एक स्वरले प्रचण्ड, माधव र झलनाथ कमरेडले यो बेलामा आह्वान गर्ने हो भने अवश्य केही हुन्छ । तपाईहरुले विप्लव नेतृत्वको नेकपालाई पनि समाजवादी आन्दोलनका लागि मोर्चाबन्दी गर्न आह्वान गर्न सक्नुपर्छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलाई, बाबुराम भट्टराई नेतृत्वको जसपालाई पनि समाजवादी आन्दोलनका लागि मोर्चाबन्दी गर्न आह्वान गर्नुपर्छ । बाबुराम कमरेडले निरन्तर प्रत्यक्ष कार्यकारी प्रमुख चुन्ने प्रणालीमा जानुपर्छ भनेर बोलिरहुनभएकै छ । तपाईहरुले यो आह्वान गर्नुभयो भने, लाखौं क्रान्तिकारीहरु, लाखौं बामपन्थ र समाजवादका पक्षधरहरु सडक संघर्षमा निस्कने छन् । समाजवादी व्यवस्थाका लागि गरिने संघर्षले नै ओलीतन्त्रलाई समाप्त पार्नसक्ने छ ।

    हैन भने, संसद पुनस्थापना गरेर केपी ओलीको कुर्सीमा कमरेड प्रचण्ड या माधन नेपाललाई विराजमान गराउनका लागि मात्र किन आम न्यायप्रेमी जनता सडकमा आउने ? केपी ओली मूर्दावाद भनेर नारा किन लगाउने ? असफल भइसकेको व्यवस्थालाई ब्युँझाउन किन संघर्ष गर्ने ? किन समयको वर्वादि गर्ने ? भन्ने प्रश्न पनि उठिरहेको छ । जनयुद्धबाट शान्तिप्रक्रियामा आएदेखि यहाँसम्मको यात्रामा उठेका यस्ता थुप्रै प्रश्नहरुको जवाफ समाजवादी क्रान्तिका निम्ति गरिएको संघर्ष दिन्छ ।

    इतिहासका घटनाले पनि र केपी ओलीको यो कदमले पनि संसदले मुलुकको कार्यकारी छान्ने प्रणाली नेपालको राजनीतिक स्थायीत्वका लागि असफल भइसकेको प्रमाणित गर्छ । आज राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास भएको पनि करिब १४ वर्ष भइसक्यो । तर अवस्था किन उस्तै छ । यही असफलता दोहो¥याउन गरिने संघर्ष माक्र्सवादीहरुका लागि त झनै बेकारको कुरा हो । गल्ती गर्नु ठूलो कुरा होइन तर उही गल्ती दोहो¥याउनु गंभिर कुरा हो । उही गल्ती दोहो¥याउने गल्ती तपाईहरुबाट नहोस् । अब नेपालको राजनीतिक स्थायित्व र समृद्धिको सपना वैज्ञानिक समाजवादका लागि गरिने संघर्षबाट मात्र संभव देखिन्छ ।

    अठारौं शताब्दीको पुँजीवादी क्रान्तिले ल्याएको परिवर्तनसँगै मजदुरहरु पुँजीवादी व्यवस्थाबाट असाध्यै शोषणमा परेपछि सेन्टसाइमन, चाल्स फुरियोलगायतका काल्पनिक समाजवादीहरुले शोषणरहित समाजको परिकल्पना गरेका थिए । त्यहाँबाट शुरु भएको समाजवदको अवधारणा माक्र्सएंगेल्ससम्म आइपुग्दा राजनीतिक रुपमा समाजवाद काल्पनिक नभएर अनिवार्य व्यस्था बन्न गयो । उहाँहरुले कसरी समाजवादी व्यवस्था आउँछ र यो किन अपरिहार्य छ भन्नेबारे वैज्ञानिक समाजवादको अवधारणा ल्याउनुभयो । त्यसपछि यहाँसम्मको यात्रामा करोडौ मानिसहरुले जीवनको आहुति दिइसकेका छन् । तर पनि समाजवादको सपना अझै पुरा भएको छैन । नेपालमा पनि समाजवादका लागि हजारौ सपुतहरुको बलिदान भइसकेको छ । यसबीचमा पञ्चालय र राजतन्त्रात्मक व्यवस्था फालिएको छ तर जनताको दैनिक जीवनमा उल्लेख्य परिवर्तन अझै आउन सकेको छैन ।

    जनवादी क्रान्तिका लागि नेपालको कम्युनिष्ट आन्दोलनले ७० वर्षको यात्रा गरिसकेको छ । अब यो यात्रालाई यही टुंग्याएर, ७० वर्षको आन्दोलनले ल्याएका परिवर्तनहरुको रक्षा गर्दै समाजवादको अर्को लामो यात्रा तय गर्नुपर्ने समय भएको छ । यो महान आन्दोलनको यात्राको शुरुवात गर्ने अवसर प्रचण्ड, माधव र झलनाथ कमरेडहरुलाई आएको छ, योगेश, प्रभाकर र घनश्यामहरुलाई आएको छ । सिंगो नेकपालाई आएको छ । सम्पूर्ण समाजवादका पक्षधरहरुलाई आएको छ । यो अवसार गुम्न नदिउँ । 

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij